मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिँचाई मन्त्रीले शहिद गोबिन्द प्रसाद पौडेलको शालिक अनावरण
  • मार्गरेखा संवाददाता

  • सिँचाई मन्त्रीले  शहिद गोबिन्द प्रसाद पौडेलको शालिक अनावरण

    बर्दिया,साउन २५ । सिँचाई मन्त्री संजय कुमार गौतमले बर्दियामा शहिदको शालिक अनावरण गरेका छन् । तत्कालिन द्वन्दका बेला विद्रोही पक्षबाट हत्या गरिएका शहिद गोविन्द प्रसाद पौडेलकोे बा¥हबर्दिया नगरपालिका स्थित रम्भापुरमा मंगलवार नेपाली काँग्रेस बर्दियाले आयोजना गरेको एक कार्यक्रममा शालिक अनावरण गरेका छन् ।
    कार्यक्रममा वोल्दै मन्त्री गौतमले राज्यको धेरै कुराहरुबाट बर्दिया ठगिएको वताएका छन् । बर्दियाको नदी कटान, सिँचाई लगायत बाटोघाटोको समस्या राज्यले कहिल्यै सम्वोधन गर्न नसकेको वताउँदै अब आफू मन्त्री भएपछि जिल्लामा निर्माणाधिन योजनाहरु निर्धारित समयमा सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरे ।
    बबई नदीको कटान नियन्त्रण गर्न निर्देशन दिई सकेको वताउँदै गौतमले बर्दियालाई परिवर्तनको अनुभुती दिलाउन छिट्टै ऐतिहासिक फड्को मार्ने विस्वास दिलाए ।
    नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाका तत्कालिन सचिव एवम शहिद गोविन्द प्रसाद पौडेलको १९ वर्ष अघि भएको हत्याको दिनको स्मरण गर्दै गौतमले शहिदले देखाएको बाटो कहिल्यै विर्सने नहुने वताए ।
    विक्रम सम्वत २०५५ साल साउन २४ गतेका दिन मृत्यु वरण गरेका पौडेलको १९ औं स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस बर्दियाले शालिक अनावरण कार्यक्रमको आयोजना गरेको हो ।

     

  • २५ श्रावण २०७४, बुधबार १२:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित