कोहलपुर कात्तिक २२ । कोहलपुर नगरपालिका बडा न. १० वडा कार्यालय कोहलपुरले सामाजिक सुरक्षा भत्ता बितरण घरदैलो कार्यक्रम बुधबारदेखि सुरु गरेको छ ।
कोहलपुर नगरपालिका उपमेयर संन्जु कुमारी थारु बडा नं १० का वडा अध्यक्ष निरज चलाउनेले बडा नं १० कै चटार गाउकी ११७ बर्षिय बृद्ध अलैची थारुलाई सामाजिक सुरक्षा भत्ता बितरण गरि शुभारम्भ गरेका छ । कोहलपुर नगरपालिका अन्र्तगत वडा न १० मा सामाजिक सुरक्षा भत्ता बितरण ४३३ जनालाई बितरण गर्ने र वडाका प्रत्येक गाउँघरमा गएर समाजिक सुरक्षा भत्ता बितरण गरिने वडा नं १० का वडा सदस्य ओम प्रकाश बर्नवालले जनाएका छन ।