मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमा बामगठबन्धनले दुई तिहाई बहुमत ल्याउने ठोकुवा गर्नु बामपन्थीले दिउसै सपना हेर्नु हो रापपा अध्यक्ष कमल थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज कात्तिक २३ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबम उपप्रधान तथा उर्जामन्त्री कमल थापाले बामगठबन्धनले दुइ तिहाइ बहुमत ल्याएर नेपालमा कम्यूनिष्ट शासन स्थापना गर्छु भन्नु बामपन्थीको दिवास्पन मात्र बताएका छन । नेपालगञ्जमा संयुक्त लोकतान्त्रिक बामगठबन्धनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले अप्रत्यासीत रुपमा गठबन्धन गर्ने, सरकारमा बसी रहने जस्ता कुरा गर्दे हिड्ने बाम गठबन्धन कहाबाट परिचालन भएका छन् भनि प्रतिप्रश्न गरेका थिए ।
    अध्यक्ष थापाले आफ्नो पार्टीको फरक मान्यता रहेको तर संविधान र सवैधानिक व्यवस्थालाई स्वीकार सहकार्य गर्दै अगाडी बढेको बताउदै फरक मत बोकेर हिड्ने संविधानले अधिकार दिएकाले आफ्नो एकता आधार संविधान प्रतिको निष्ठा, प्रजातन्त्र, राष्ट्रिय एकता र अखतण्डताका निम्ति एक ठाउमा र मुलुकको आर्थिक विकासमा एकबद्ध भएको लोकतान्त्रिक गठबन्धनकाले विरोधाभाष नरहेको बताए ।
    थापाले लोकतान्त्रिक गबन्धनका विभिन्न ठाउमा विजयी गर्ने रणनिणी अनुसार बाँके क्षेत्र नम्वर २ पूर्वप्धानमन्त्री तथा नेपाली कांग्रेसका पाटी सभापती शूशील कोइरालाले जीतेको क्षेत्र भएकोले लोकतान्त्रिक गठबन्धलाइ विजयी बनाउने रणनीती अनुसार राप्रपालाइ दिएको प्रति कांग्रेसलाइ आभार पनि ब्यक्त गर्नुभयो । थापाले स्वभाविक रुपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भावनासंग जोडिएको क्षेत्र भएकाले आत्मसम्मानलाई करद गर्दै आम लोकान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्तालाई एकजटु भइ चुनाव लक्षित हुन पनि अपील गर्नुभयो ।

    नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट बाँकेका प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनेका सबै उम्मेदवार र कार्यकर्तासमेत सहभागी पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले बामगठबन्धनका विरुद्ध काँग्रेस र राप्रपाबीचको चुनावी एकता भएको बताए । उनले भने–‘लोकतन्त्र र स्थायीत्वको लागि नेपाली काँग्रेसको नेतृत्वमा राप्रपा र अन्य लोकतन्त्रबादी शक्तिबीच लोकतान्त्रिक गठबन्धन भएको हो यसले मुलुकको आर्थिक विकास र सम्ृद्धिको लागि अपरिहार्य रहेको छ उनले झापामा मात्र अपवादको रुपमा बामगठबन्धन संग चुनाबी तालमेल गर्नु आफुहरुको बाध्यता रहेको बताउदै बाँके तथा दैलेख लगायतका ठाँउमा काँग्रेससँगको गठबन्धन गरेको बताए । उनले यो गठबन्धन चुनावी एकतासम्मका लागि मात्र नभएर चुनावपछि सम्मको समेत हुने बताए ।
    अधिकांश समय बाम गठबन्धनबाट तर्सिए झै उनले पार्टी गठबन्धन हुनु स्वभाविक भएको भएपनि जुन परिस्थितिमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकतासम्मको ध्रविकरण भयो त्यस्ले संयता सिर्जना गरेको छ । उनले लोकतन्त्रको बिकल्प नभएको र कुनैपनि अधिनायक बादले प्रसय नपाउने गरी आगामी मंसिर १० र २१ गतेको आम निर्वाचनमा जनताले फैसला गर्ने बताउदै भने–‘कुनै पनि अधिनायक बादले प्रसय पाउदैन हाम्रो ६० वर्षको अनुभवले त्यहि भन्छ ।’ पत्रकार सम्मेलनमा सहभागी काँग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्रका लागि काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धन बलियो र एक हुनुपर्ने वताईन ।

     

  • २३ कार्तिक २०७४, बिहीबार ११:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित