मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बामगठबन्धन नेपाल र नेपालीहरुको नभएको बिदेशीहरुले बामगठबन्धन गराईदिएको आशंका राप्रपा महामन्त्री डा धलव सम्मेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कात्तिक २३ । आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्बाचनका लागी लोकतान्त्रिक गठबन्धन बाँकेले बिहिबार नेपालगञ्जमा सयुक्त प्रचार प्रसार अभियान भेला सुरु गरेको छ ।
    भेलाको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवल सम्सेर राणा नेपाली काँग्रेस बाँके सभापति एवम लोकतान्त्रि गठबन्धन सयुक्त प्रचार प्रसार समिती बाँके संयोजक किरण कोईरालाले सयुक्त रुपमा उद्घाटन गरे ।
    उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवल सम्सेर राणाले बामगठबन्धन नेपाल र नेपालीहरुको नभएको बिदेशीहरुले बामगठबन्धन गराईदिएको आशंका व्यक्त गदै लोकतन्त्र,प्रजातन्त्र र राष्ट बचाउनका लागी लोकतान्त्रीक गठबन्धन भएको बताए ।
    राणाले कम्युनिष्ट राज्य भएको देशमा त्यहाँका नागरिकहरुले आफुले पाउने नैर्गिसक अधिकार पाउन बाट बंचित रहेको हुनाले नेपालमा बामपन्थी गठबन्धनका नाममा राज्य कब्जा गरी नेपालमा कम्युनिष्ट शासन ल्याउने अभियानान लागेको हुनाले लोकतान्त्रीक गठबन्धनका उम्मेदारहरुलाई बिजय बनाई नेपाली जनताहरुको नैर्गिसक अधिकार रक्षा गर्न आग्रह गरे ।
    नेपाली काँग्रेस बाँके सभापति एवम लोकतान्त्रि गठबन्धन सयुक्त प्रचार प्रसार समिती बाँके संयोजक किरण कोईरालाले नेपालको समृद्धि र लोकतन्त्रालाई समाप्त पार्नका लागी बामगठबन्धन भएको बताउदैले नेपाली काँगेसले तानाशाह शासनलाई यो मुलुकबाट समाप्त पारेको इतिहास स्मरण गदै नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रीक गठबन्धनले आगामी मंसिर २१ गते बामगठबन्धन समाप्त पार्न बताउनु भयो
    सो कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाँकेका सचिव रबिन थापाले लोकतान्त्रि गठबन्धन लोकतान्त्रिक बाँकेको अपिल बाचन गरेका थिए ।

  • २३ कार्तिक २०७४, बिहीबार १६:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित