मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा माओबादी (केन्द्र) केन्द्रिय समिती भदौ भित्र भंग गर्ने
  • मार्गरेखा संवाददाता

  • नेकपा माओबादी (केन्द्र) केन्द्रिय समिती भदौ  भित्र भंग गर्ने

    काठमाडौं, २५ साउन । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।
    मंगलबार मात्र माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई सातवटै प्रदेशबाट अनुमोदन गराउँदै छ । यसअन्तर्गत मंगलबार प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अनुमोदन भएको हो ।
    यस्तै पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भंग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।
    पार्टी हेडक्वार्टर सदस्य अनुसार माओवादीले प्रदेश नम्बर ५ अन्तर्गतको केन्द्रीय समितिलाई बुधबार, प्रदेश नम्बर ७ अन्तर्गतको केन्द्रीय समिति १० भदौमा, प्रदेश नम्बर ६ अन्तर्गतको केन्द्रीय समिति ८ भदौमा र प्रदेश नम्बर १ अन्तर्गतको केन्द्रीय समिति १२ भदौमा विघटन गर्ने प्रस्ताव अनुमोदन गराउँदै छ । त्यस्तो अनुमोदनका आधारमा पार्टी हेडक्वार्टरले पार्टीको सिंगो केन्द्रीय समिति खारेज गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
    विघटन पछि के रु
    माओवादी केन्द्रले सिंगै केन्द्रीय समिति भंग गरेर दुई अंकको महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरेको छ । पार्टी एकताको भावनालाई सम्बोधन गर्न केन्द्रीय समितिको संख्या बढाए पनि चुनावमा राम्रो परिणाम हासिल गर्न नसकेको भन्दै माओवादीले यस्तो प्रस्ताव ल्याएको हो । सिंगो केन्द्रीय समितिलाई एकै ठाउँमा राखेर बैठक राख्नसमेत नसक्ने भएपछि हेडक्वार्टर बैठकले प्रदेशअनुसार केन्द्रीय समिति बैठक बोलाउँदै भंग गर्ने निर्णय अनुमोदन गराउन थालेको हो ।

     

  • २५ श्रावण २०७४, बुधबार १३:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित