मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा जन प्रतिनिधीमाथि गोली प्रहार
  • मार्गरेखा संवाददाता

  • राप्ती सोनारी गाउँ पालिका वडा नं. ९ का वडाध्यक्ष तथा निर्माण व्यवसायी महाविर वलीमाथि उनकै निवासमा अज्ञात समूहले गोली प्रहार गरेको छ ।
    विहिवार राती ८ः३० बजेको समयमा कोहलपुरमा रहेको उनको निवासमा अज्ञात समूले भौतिक आक्रमण पछि गोली प्रहार गरेको हो । मिस फायरका कारण गोली ओलीको शरिमा गोली नलागेपनि गोली प्रहार भन्दा पहिले अज्ञात समूलले गरेको भौतिक आक्रमणबाट घाइते भएका छन् । नागरीक अस्पताल रहेको घरका घरमालिक समेत रहेका ओलीलाई अपरिचित व्यक्तिले अस्पताल यही हो भनेर सोध्दै गर्दा उनी म”ल ढोका (सटर) बन्द गर्ने क्रममा बाहिर आउँदा अज्ञात व्यक्तिले आक्रमण गर्दा निधारमा गहिरो चोट लाग्यो, वलीले भने । त्यसको तलत्तै पेस्तोल निकालेर अर्को व्यक्तिले गोली प्रहारको प्रयास ग¥यो तर मिस फायर भयो र म बाँचे, उनले भने । घटना स्थल इलाका प्रहरी कार्यालय कोहलपुर भन्दा एक सय मिटरको दुरी पनि छैन । तर पनि प्रहरी घटना भएको जानकारी गराउँदा पनि धेरै ढिलो घटनास्थलमा पुगेका पीडित परिवारले जनाएको छ । प्रहरीले घटनालाई लियर संवेदनशील भएको जनाएको छ । घटनापछि घटनामा संलग्नहरु मोटर साइलकमा भागेको सूचना प्राप्त भएपछि सबै नाकाहरुमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

  • २३ कार्तिक २०७४, बिहीबार २२:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित