मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधान बनाउन नसक्नेले देश विकासको सपना नदेखाए हुन्छ – पौडेल
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाबाट औद्योगिक क्रान्तिको सुरुवात गर्ने आधार प्रस्तुत गरेका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले जिल्लामा भएका सबै सम्भावनाको सदुपयोग गर्न सके औद्योगिक क्रान्तिको सुरुवात गर्न सकिने बताए । चुनावी सभाकै क्रममा सम्बोधन गर्दै पौडेलले तनहुँमा पर्ने सेतीको पानी कालीमा झारेर १ सय ५ मेगावाट विजुली उत्पादन गर्न सकिने बताए ।

    तनहुँमा गिरिजाप्रसाद स्वास्थ्य प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता पौडेलले व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाका लागि भारतसँग सैद्धान्तिक सम्झौता भइसकेको पौडेलले जानकारी दिए । तनहुँको जिल्ला अस्पतालको पनि क्षमता विस्तार गरेर गुणस्तरीय सेवा प्रदान गर्न सक्ने अवस्थामा पु¥याउने प्रतिवद्धता पौडेलले गरेका छन् ।

    फरक प्रसंगमा पौडेलले एमाले–माओवादीका चारजना प्रधानमन्त्री बन्दा संविधान निर्माण गर्न नसकेको उदाहरण दिँदै देश विकास गर्छु भनेर गफ हाक्दैमा जनताले मत नदिने बताए । कांग्रेसले सरकारको नेतृत्व गर्दा संविधान निर्माण भएको र चुनाव समयमा नै सम्पन्न हुन गइरहेको उदाहरण पेश गर्दै पौडेलले आगामी दिनमा देशलाई विकास र समृद्धि दिनका लागि पनि कांग्रेस नै सक्षम रहेको बताए । मधेशीलाई राष्ट्रविरोधी भन्नेहरुबाट राष्ट्रियता बलियो हुन्छ भन्ने अपेक्षा नगर्न उनले सचेत गराए ।

  • २४ कार्तिक २०७४, शुक्रबार १६:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित