मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिद्यार्थीको सिकाई उपलब्धीमुलक बनाउने परियोजना शुरु
  • मार्गरेखा संवाददाता

  • नेपालागञ्ज २४,

    कार्तिकबाँकेको बैजनाथ गाउँपालिका बिद्यालयहरुमा प्रारम्भिक पढाई सिकाईलाई उपलब्धीमुलक बनाउन अभिुमखिकरण शुरु गरिएको छ । प्रारम्भिक बाल बिकास केन्द्रदेखि ३ कक्षामा अध्ययन गर्ने बालबालिकाहरुको सिकाईलाई उपलब्धीमुलक बनाउनका लागि यस गाउँपालिकाका बिद्यालयहरुमा शुक्रबारबाट अभिमुखिकरण शुरु गरिुएको हो ।  पहिलो चरणमा लैंगिंङ्ग रुपान्तरण तथा समाबेशी शिक्षा परियोजना अन्तर्गत सामुदायिक बिद्यालयको पढाई सिकाई उपलब्धीका लागि शन्दर्भ सामाग्रीको निर्माण र प्रयोगका बिषयमा सरोकारवालाहरुलाई अभिमुखिकरण मार्फत जानकारी दिन थालिएको छ । यो क्रममा सरोकारवालाहरुसंग बसेर छलफल गर्ने, बालबालिकालाई बिषय शन्दर्भका लागि आवश्यक पर्ने स्थानीय स्तरबाट निर्माण गर्न सक्ने सामाग्रीको निर्माण तथा त्यसको प्रयोग र उपलब्धीका कुराहरु बुझाउने गरिएको छ ।  प्लान इन्टरनेशनलको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मच (स्याक नेपाल) बाँकेको आयोजना संचालन गरिएको परियोजनाले बिद्यार्थीहरुमा लैगिङ्गमैत्रि वातावरणमा सहज सिकाई तथा बिद्यार्थीहरुको नियमिततामा सहयोग पु¥याउनका साथै स्थानीय अभिभावकलाई समेत लैंगिंङ्ग सामानताको भावना बिकासमा सहयोग पुग्ने परियोजना संयोजक कल्पना अधिकारीले जानकारी दिनुभयो । खासगरी बाँकेको बैजनाथ र जानकारी गाउँपालिकामा रहेका दश वटा सामाुदायिक बिद्यालयहरुमा लैगिंङ्ग रुपान्तरणका लागि बिभिन्न अभिमुखिकरण, तालिम, बिद्यालय सवलीकरण र बाल क्लबलाई समेत यो कार्यमा सहभागिता जनाइएने परियोजनाका सिनियर सुपभाइजर लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।  यो कार्यक्रममा बिद्यालयमा अध्यापन गराउने बाल बिकास केन्द्र सहयोगी कार्यकर्ता, ३ कक्षासम्मका शिक्षक, अभिभावक शिक्षक संघका सदस्य र व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता भइरहेको छ । यसअघि युएसएडको सहयोगमा नेपाल सरकारले संचालन गरिरहेको प्रारम्भिक कक्षा पढाई सिकाई कार्यक्रम (इजिआरपी)ले बिद्यालयका बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्य जस्तै लैंगिङ्ग रुपान्तरण तथा समाबेशी शिक्षा परियोजनाले बालबालिकासंग गरिने बिभेदको अन्त्य गर्न पनि बिद्यालयबाट नै समाबेशी शिक्षाको अवधारणलाई कार्यान्वयनका लागि पहल गर्न परियोजनाको भूमिका रहने छ । फोटो

  • २४ कार्तिक २०७४, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित