जनप्रतिनिधी एवम् निर्माण व्यवसायीलाई अज्ञात समूहले गोली प्रहार तथा भौतिक आक्रमण गरेपछि कोहलपुरको सुरक्षा संवेदनशीलमाथि प्रश्न चिन्ह खडा भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीमाथी एक अज्ञात समूहले उनकै निवासमा आक्रमण गरेपछि कोहलपुर क्षेत्रमा सुरक्षा संवेदनशीलताका विषयमा प्रहरी आलोचित भएको छ । कोहलपुर ईलाका प्रहरी कार्यालय नजिक रहेको उनको घरमै प’गेर अज्ञात समूहले बिहीबार बेलूका सवा ६ बजेतिर आक्रमण गरेपछि प्रहरी प्रशासनको कोहलपुरमा व्यापक आलोचना भएको
छ । आक्रमणबाट वलीकोे निधारमा चोट लागेको छ । हत्या गर्ने उद्देश्यले दुई जना व्यक्ति पेस्तोल बोकेर आएपनि उनीहरु असफल भएका छन् । वडाअध्यक्ष ओलीले प्रतिरक्षा गरेपछि उक्त समूह फरार भएको ओली सम्बद्व परिवार स्रोतले जानकारी दिएको छ ।
‘उनीहरुले मलाई मार्न पेस्तोलनै ल्याएर आएका रहेछन्, पेस्तोल हान्न खोजेपनि पड्केन, मैले प्रतिरक्षा गरेपछि भागेर गए, भाग्यले म बाँच्न सफल भएँ,’ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो मार्गरेखासँग उनले भने ‘यदी पेस्तोल पड्किएको भए मर्ने रहेछु’ .’ राप्तीसानारी–९ मा स्थायी बसोबास रहेपनि वडाअध्यक्ष ओली कोहलपुरस्थित घरमा पनि कहिले काही बस्ने गर्छन् । उनी कोहलपुरकै घरमा रहेको पत्ता लगाएर योजनावद्ध रुपले आक्रमण भएको हुनन सक्ने प्रहरीको आशंका छ ।
मोटरसाईकलमा आएका दुई जना युवक मध्ये एक जनाले मास्क लगाएका थिए, अर्काले मास्क नलगाएपनि ती युवक अपरिचित रहेको वडाअध्यक्ष ओलीले बताएका छन् । वडाअध्यक्षले ओलीले आपूmमाथीको आक्रमणमा गुण्डाहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरेका छन् । ‘समाजमा रहेका गुण्डा जसले हातपाखुरा देखाएर खान पल्केकाहरु छन्, तिनीहरुले अब यसले काम गरी खान नदिने भयो भन्ने सोचेका होलान्, त्यस्ता मान्छे हुन सक्छन्,’ उनले भने, ‘अहिले नै यो भन्ने स्थिती छैन, यस्तै मान्छेको संलग्नता यो घटनामा रहेको हुन सक्छ ।’
राप्तीसोनारी गाउँपालिकामा रहेका खोलाबाट गत साउन महिनामा ढ’ुगा, गिटी, बालुवा मनपरी ढंगले उठ्दा आपूmले १७ वटा ट्रीपर नियन्त्रणमा लिएको स्मरण गर्दै भने, ‘साउन १८ गतेको त्यो घटनापछि मलाई कुनै थ्रेट आएको थिएन, त्यो भन्दा पछाडी मैले त्यस्तो कुनै थ्रेट आउने खालको काम गरेको छैन, गलत काम गर्नेलाई मनपरी गर्न नदिएपछि म टार्गेटमा परे कि भन्ने लागेको छ।’
यसैबीच आपूmहरुमाथी असुरक्षा बढेको भन्दै राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधीले शुक्रबार जिल्ला प्रशासन कार्यालयसँग शान्ति, सुरक्षा प्रदान गर्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आएका उपाध्यक्ष तथा विभिन्न वडाका अध्यक्षले आक्रमण, डर, धम्कीका कारण जनताको काम गर्ने वातावरण नभएको गुनासो गरेका थिए । ‘यस्तै स्थिती रह्यो भने जनताको काम गर्न सकिदैन,’ गाउँपालिका अध्यक्ष थारुले भने ‘हामीलाई शान्ति, स’रक्षा चाहियो, राप्तीसोनारीका सम्पूर्ण बासिन्दालाई शान्ति, सुरक्षाको अन’भ’ति दिलाईदिनुप¥यो, जनताहरु निकै त्रसित भएका छन् ।’ घटनामा संलग्न पक्राउ नपनर्’ले जनप्रतिनिधीलाई थप आतंकित बनाएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हतोत्साहित नहुन जनप्रतिनिधीलाई आग्रह गरेका थिए । उनले भने, ‘यो घटनाले हामीलाई पनि द’खी बनएको छ, तपाईहरु जनताको सेवा गर्नको लागी करिव १८ वर्षपछि निर्वाचित भएर आउन’ भएको छ, यस्ता घटनाबाट हतोत्साहित नह’न म अन’रोध गर्दछ’ ।’ जिल्ला प्रशासन कार्यालयमै प’गेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले आक्रमण घटनाको तिब्र ढंगले अनुसन्धान सुरु गरेको बताए । घटनाका दोषीहरु छिट्टै पत्ता लाग्ने उनले आश्वासन दिएका छन् ।
प्रशासन कार्यालयमा प’गेकी नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले जनप्रतिनिधीका लागी स’रक्षाको व्यवस्था मिलाउन प्रजिअ केसीलाई अन’रोध गरिन् । ‘यस्ता घटना पटक–पटक ह’दै आएका छन्, यो भन्दा अगाडी पनि राप्तीसोनारीकै वडा सदस्य टिकाराम बस्नेतमाथी आक्रमण भएको थियो, यो घटनालाई अलि सिरियस रुपमा लिईदिनुप¥यो,’ कोईरालाले भनिन् । सो क्रममा गाउँपालिका अध्यक्ष थारुले प्रजिअ केसीलाई ज्ञापन पत्र ब’झाउँदै शान्ति सुरक्षाको वातावरण मिलाउन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे । अपराधिक घटनाले गाउँपालिकाका सबै जनप्रतिनिधी आतंकित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गत साउन महिनामा पनि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडासदस्य टिकाराम बस्नेतमाथी आक्रमण भएको थियो ।