मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
  • मार्गरेखा संवाददाता

  • नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ ।  ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

    शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दियो । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

    २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

    १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए । प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए । परिवार स्रोतका अनुसार आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टी गर्न लागिएको परिवारस्रोतले जानकारी दिएको छ ।

  • २५ कार्तिक २०७४, शनिबार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित