मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनतालाई दुखपर्दा काठमाण्डौंमा रमाउनेले चुनाव चित्दैनन् राजिवविक्रम शाह
  • मार्गरेखा संवाददाता

  • लोकेन्द्र खनाल रुकुम कात्तिक २६ गते । जाजरकोटममा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार राजिवविक्रम शाहले प्रचार प्रसारको कार्यक्रमलाई तिव्रता दिनुभएको छ । चुनावि सभा, घरदैलो लगाएका कार्यक्रम मार्फत मतदाता सँग भेटघाट गरेर चुनावि कार्यक्रमलाई तिव्रता दिनुभएको छ । यसले गर्दा अहिले जाजरकोटको माहोल निकै तातिएको छ । बाम गठबन्धनको तर्फबाट पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतसँग चुनावि मैदानमा उत्रिएका शाहले आफुले जित्ने निश्चित रहेको दावि गर्दै आएका छन् । अरुले पदको लागि विभिन्न दलहरु सँग गठबन्धन गरेपनि आफुले भने जाजरकोटी जनताको सेवा गर्नको लागि यहाँका जनतासँग गठबन्धन गरेको बताउनुभयो ।

     

    विपन्नलाई विभिन्न समयमा सहयोग गरेर तथा गाउँमा केहि विपद् हुन वित्तिकै आफै गाउँमा पुगेर सर्वसाधारणलाई सहयोग गरेपछि निकै चर्चा कमाएका शाहले आफुलाई जाजरकोटी जनताले फेरी सेव गर्ने मौका दिने दावि गर्नुभएको छ । जनतालाई दुःख पर्दा काठमाण्डौंमा रमाएर बस्नेले चुनाव जित्न नसक्ने उहाँको भनाई छ । बाम गठबन्धका उम्मेदवार प्रति संकेत गर्दै उहाँले चुनाव जितेर जनतालाई समस्या पर्दा काठमाण्डौंमा रमाउनेले कसरी फेरी चुनाव जित्छन् ? भन्दै प्रश्न गर्नुभयो । मैले यहाँका जनतालाई केहि समस्या हुन वित्तिकै आफै गाउँमा आएर सेवा गरेको छु त्यसैले पनि यहाँका जनताले मेलाई जिताउछन उहाँले भन्नुभयो ।

    शाहले जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाण्डौबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरुको टोली ल्याएर आफै गाउँ गाउँमा पुगेर विरामीको उपचार गरेको थियो ।

    यस्तै २०७१ मंसिर र २०७३ फागुनमा भएका बस दुर्घटनामा घाइते भएकाहरुलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार समेत गराउनुभएको यहाँका जनताहरुले बताउने गरेका छन् । यसकारण पनि शाह जाजरकोटमा लोकप्रीय बन्दै जानुभएको छ । यसका साथै शाहले विदेशी डाक्टरहरुको सहभागीता गराएर बेला बेलामा जाजरकोटका गाउँमा स्वास्थ्य शिविर सञ्चाल गरेर सेवा प्रदान गरेका कारण पनि उहाँका सर्वसाधारणले शाहलाई मत दिने उनीका नजिकका व्यक्तिहरुले बताउने गरेका छन् ।

    यो भन्दा पहिले भएको दोस्रो संविधानसभाको निर्वाचनमा जाजरकोट साविक निर्वाचन क्षेत्र नम्बर १ बाट बस्नेत र क्षेत्र नम्बर २ बाट शाह निर्वाचित भएर संविधान सभा तथा संसदमा एकै ठाउँमा बसेर काम गरेका थिए ।

     

  • २६ कार्तिक २०७४, आईतवार १०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित