मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्राउनसुगर सहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, कार्तिक २५ । प्रहरीले लागुऔषध खैरोहेरोइन(ब्राउनसुगर) सहित तिन युवालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको गस्ती टोलीले मधुवन नगरपालिका वार्ड नम्वर ८ स्थित सडकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
    प्रहरीले मधुवन नगरपालिका वार्ड नम्वर ८ निवासी २७ बर्षिय आकाश गुरुङ्ग, २२ बर्षिय सन्देश सुवेदी र १८ बर्षिय किरण वुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गुरुङ्गको साथबाट कागजले वेरी सानो सानो पुरिया बनाएको ३५ पुरिया खैरोहेरोईन भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी जवान मानव कुमार रोकायाले जानकारी दिए । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ

  • २६ कार्तिक २०७४, आईतवार ११:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित