आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि बाँकेमा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिव्र बनाएका छन् ।
सबै दलका उम्मेदवारहरुले आफ्नै आ–आफ्नै तरिकाले प्रचार प्रसारलाई आक्रमक रुपले तिव्र बनाएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ (ख)मा लोकतान्त्रिक गठबन्धनले मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेको
छ । कोहलपुर नगरपालिका वडा नं. १
मा गरिएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका अगुवा नेता, कार्यकर्ता सहित उमेद्वाहरु अभियानकै रुपमा मतदाता भेटघाट कार्यक्रमलाई व्यापकता दिएका छन् ।
प्रतिनिधी सभा सदस्यका उमेद्वार माधव राम खत्री र प्रदेश सभा सदस्यका उमेद्वार नारायण प्रसाद गौडेलले मतदाताका पीर मर्का बुझ्दै उनीहरुकै घरदैलोमा पुग्दा मतदाताहरुले लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई भव्य स्वागत गरेका थिए । सभ्य र मर्यादित तरिकाले सम्पन्न गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई बिजयी अग्रिम शुभकामना समेत दिएको लोकतान्त्रिक गठबन्धन सचिवालय संयोजक भुम बहादुर
भण्डारीले जानकारी दिए ।