मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

म गफ हैन, काम गरेरै देखाउँछु इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।
    संघीय समाजवादी फोरम नेपालका बाँके क्षेत्र नं. २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इतियाक राईले आफूले आश्वासनमात्रै नभइ काम गरेर देखाउने बताएका छन् । चुनावी अभियानका क्रममा अहिले आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका राईले भने ‘जतिपनि जनताको कुरा सुनेको छु, सबैको एउटै गुनासो छ सबै चुनावका बेला आउँछन् र गफमात्रै दिन्छन् भन्ने तर, म गफ हैन काम गरेर देखाउँछु ।’
    चुनावी घरदैलो तथा प्रचारपसारको क्रममा उनी आइतबार डुडुवा, सुब्बापुरवा, बकौलाी, दशरथपरवा, कोरियनपुरवा, सिखनपुरवालगायतका ठाउँहरुमा पुगेका थिए । त्यसक्रममा उनले त्यहाँ आम नागरिकका समस्याहरु पनि सुनेका थिए । त्यसपछि मतदाताहरुसँग उने आफू काम गर्नकै लागि चुनावमा उठेको र आफूले बोलेका कुरा गरेरै छोड्ने बताए । ‘अरुले सधैं आश्वासनमात्रै दिएका छन्, तर, म जे गर्न सकिन्छ त्यो मात्रै बोल्छु र चुनावपछि गरेरै देखाउँछु’ उनले भने ‘राजनीति र्गा जनताका काम गर्नका लागि जित्नैपर्छ भन्ने छैन तर, जितेर ठाउँमा पुगेपछि जनतासँग गरेका बाचा बिर्सनुहुन्न, म जिते पनि नजितेपनि जनताकै माझमा छु र रहनेछु ।’ उनले उनले समग्र क्षेत्र नं. २ र जिल्लाकै विकासका लागि जनताले आफूलाई विश्वास गरेको र त्यही विश्वासले चुनावमा पनि जित हासिल हुने विश्वास व्यक्त गरे ।
    ‘सधै अरुका लागि लड्यौँ, अब आफ्नै लागि लडौँ’ भन्ने मूल नाराका साथ अहिले संघीय समाजवादी फोरमका उम्मेदवार राई जनताका घरदैलोमा पुगिरहेका छन् । उनका अनुसार अहिले पनि आम नागरिकले आफ्नो, अधिकार, पहिचान र विकास खोजेका छन् । ‘र, यिनै तीनवटा प्रमुख मुद्दा लिएर म चुनावमा उत्रिएको छु’ उनले भने ‘मैले जितेपछि आम मधेसी, मुश्लिम, पहाडी, थारु, जनजाति सबै बर्ग र समुदायको उत्थान अनि पहिचान र अधिकारका लागि लड्नेछ, अनि विकास पनि गर्नेछु पहिला यो वर्गलाई पहिचान र अधिकार चाहिएको छ, विकास र अवश्यंभावी छ त्यो हुन्छ नै ।’
    आम मतदाताले अहिले बाटोघाटो, पुलपुलेसा अनि धारापानी, रोजगारीजस्ता आधारभूत कुराहरुको खाँचो औल्याएको उनले बताए । ‘सामान्य स्वास्थ्य, शिक्षा, रोजगारी, गाँसबासजस्ता आधारभूत कुराहरु पनि पुगेका छैनन् सहरी क्षेत्रमै यस्ता अभावहरु त्माम छन्’ राईले भने ‘अब हामी फेरि एकपटक जागौँ म जनताकै लागि लड्न चुनावमा आएको हुँ फेरि पनि जनताले आफ्नै लागि, विकासकै लागि फोरमका उम्मेदारलाई चुन्नुको बिकल्प छैन

  • २७ कार्तिक २०७४, सोमबार १०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित