मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विकासका लागी काँग्रेस र राप्रपालाई जिताउनुस राप्रपा महामन्त्री डा धवल सम्सेर राणा
  • मार्गरेखा संवाददाता

  • विकासका लागी  काँग्रेस र राप्रपालाई जिताउनुस राप्रपा महामन्त्री डा धवल सम्सेर राणा

    नेपालगन्ज २९ कात्तिक / प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रचार–प्रसार तिब्र पारेको छ । नेपालगन्जको वडा नम्बर ४ स्थित सल्यानीबागमा मंगलबार उक्त गठबन्धनले चुनावी प्रचार प्रसार तथा कोण सभा गरेको हो । कोण सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसम्शेर राणाले बाँके क्षेत्र नम्बर २ काँग्रेस र राप्रपाको गढ भएकाले फेरीपनि मतदाताले लोकतान्त्रिक शक्तिलाई जिताउने विश्वास व्यक्त गरे ।
    स्थानीय तहको चुनावमा नेपालगन्जबासीले राप्रपा र नेपाली काँग्रेसलाई जिताएको स्मरण गराउँदै मेयर राणाले उपमहानगर सहित समग्र बाँके जिल्लाको विकासका लागी फेरी पनि काँग्रेस र राप्रपालाई जिताउन आग्रह गरे । एमाले र माओबादीले बाम गठबन्धन गरेर देशमा साम्यवाद सहित एक दलित कम्यूनिष्ट शासन व्यवस्था ल्याउन खोजेको बताउँदै महामन्त्री राणाले लोकतन्त्र र प्रजातन्त्र जोगाउनका लागी फेरी एक पटक लोकतन्त्रवादी शक्तिलाई मतदान गर्न अनुरोध गरे ।
    ‘प्रतिनिधी सभा र प्रदेश सभामा पनि राप्रपा र काँग्रेसलाई जिताउनुस्, नेपालगन्जको विकासका लागी उहाँहरुसँग सहकार्य गरेर काम गर्न हामीलाई सजिलो हुन्छ,’ मेयर राणाले भने । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको सहयोग र सहकार्य बिना विकास गर्न कठिन हुने उनले बताए । उनले थपे, ‘भोली बिचार नमिल्ने व्यक्ती निर्वाचित भयो भने काम गर्न कठिन हुन सक्छ, त्यसकारण यसक्षेत्रको विकासका लागी उहाँहरुलाई भोट दिएर जिताउनुस् मेरो विनम्र अनुरोध छ ।’
    नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले देशलाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेस र राप्रपा एकै ठाउँमा उभिनु परेको बताए । ‘राप्रपा लोकतन्त्रप्रति आस्था राख्ने पार्टी भएको हुनाले केन्द्रमा भएको निर्णयलाई हामीले पनि जिल्लामा स्वीकार गरेर लोकतन्त्र बचाउने यो महाअभियानमा लागेका हौं,’ उनले भने । टिकट वितरणका क्रममा पार्टीभित्र केही गुनासा भएपनि अहिले क्रमशः हट्दै गएको राणाले बताए ।
    राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नितान्त विचारको लडाई भएको बताए । ‘लोकतन्त्र र प्रजातन्त्र जोगाउने शक्ति एकातिर छौं, देशमा साम्यवादी शासन व्यवस्था ल्याउने र कम्यूनिष्ट अधिनायकवाद ल्याउने शक्ति अर्कोतिर छ,’ कुन व्यवस्था ल्याउने भन्ने कुराको म्याण्डेट आम नेपाली जनताले आगामी चुनावमा दिनुहुनेछ,’ देवकोटाले भने । अचानक बाम गठबन्धन निर्माण हुनुका पछाडी ठुलो षडयन्त्र रहेको उनले बताए ।
    लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजादले चुनावी मैदानमा उत्रिएका उम्मेदवारको सम्पूर्ण पहिचान हेरेर मात्र भोट हाल्न मतदातालाई अनुरोध गरे । ‘लोकतान्त्रिक गठबन्धनमा रहेका हामी उम्मेदवारसँग कुनै बेईमानी छैन, हामीले कसैलाई प्रलोभनमा पारेर भोट माग्दैनौं,’ उनले भने । यस्तै प्रदेश सभा–२ ‘ख’ बाट काँग्रेसका उम्मेदवार सुरेन्द्र हमालले जनताकै बलबाट लोकतन्त्र प्राप्त भएको र अहिले लोकतन्त्र संकटमा पर्दा यसलाई जोगाउन नेपाली जनताले अहिले पनि साथ दिने विश्वास गरे । ‘यो चुनाव लोकतन्त्र रक्षाको निम्ती जनमत संग्रह पनि हो,’ हमालले भने ।
    उक्त सभामा एमाले, माओबादी, संघिय समाजवादी फोरम नेपाल परित्याग गरेर सयौं नेता, कार्यकर्ता लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेको राप्रपाका केन्द्रिय सदस्य देवकोटाले जानकारी दिए । सभामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का सर्वसाधारणको ठुलो संख्यामा सहभागिता रहेको प्रदेश २ ‘ख’ को प्रचार प्रसार संयोजक सुनिलसिंह हमालले जानकारी दिए । हमालका अनुसार लोकतान्त्रिक गठबन्धनले बुधबार बिहान ९ बजे नेपालगन्जको घरबारीटोल स्थित पिपल चौतारामा वडा कार्यालय उद्घाटन सहित घरदैलो कार्यक्रम गर्नेछ ।

     

  • २९ कार्तिक २०७४, बुधबार ११:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित