मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पश्चिम सुर्खेतको पूर्ण विकासको चाहना कांग्रेसले मात्रै पूरा गर्ने नेपाली कांग्रेस का केन्द्रीय सदस्य हृदयराम थानी
  • मार्गरेखा संवाददाता

  • सुर्खेत, कात्तिकस् नेपाली कांग्रेस का केन्द्रीय सदस्य एवम सुर्खेत क्षेत्र नं। २ का उम्मेदवार हृदयराम थानीले पश्चिम सुर्खेतको पूर्ण विकासको चाहना कांग्रेसले मात्रै पूरा गर्ने भन्दै
    कांग्रेसले जनता सामू गरेका विकासका वाचा पूरा गर्न हरसम्भव प्रयास गरेको जिकिर गर्दै नेता थानीले, आफुहरुले जिम्मेवारी पाए जनताले प्रत्यक्ष महशुस गर्ने गरी विकास निर्माण प्रतिवद्धता व्यक्त गर्नुभयो पश्चिम सुर्खेतको पूर्ण विकासको चाहना कांग्रेसले मात्रै पूरा गर्ने भन्दै यस्तो दाबी गर्नुभएको हो ।
    नेता थानीले जनताको विकासको सपना पूरा गर्ने सामथ्र्य नेपाली कांग्रेससंग मात्र भएको दाबी गर्नुभएको छ । चुनावी प्रचार अभियानका क्रममा सुर्खेतको पञ्चपुरी ११ तातापानीमा भएको चुनावी सभामा कांग्रेस केन्द्रीय थानीले पछिल्लो ४ वर्षमा सुर्खेतकै मुहार फेरिने गरी विकास निर्माणको काम तीब्र रुपमा भएको भन्दै उहाँले भेरी र कर्णालीको दोभारमा रहेका तातापानी र घाटगाउँलाई तीर्थस्थलका रुपमा विकास गर्ने वचनपनि दिनुभएको छ ।
    सूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टले आफ्नो क्षेत्रमा सञ्चार प्रणालीमा सुधार हुँदै गएको भन्दै विकास निर्माणका कामले तीब्रता पाएको जिकिर गर्नुभयो । अघिल्लो पटक आफुले चुनावमा सोहि क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका राज्यमन्त्री विष्टले अघिल्लो चुनावका बेला तयार गरेको विकासका खाकाले मूर्त रुप पाउँदै गएको भन्दै फेरि जिम्मेवारी पाए थप विकासका काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशीले, समानुपातिक उम्मेदवार यज्ञबहादुर वीसीलगायतले विकासका लागि कांग्रेसको विकल्प भएको उल्लेख गर्नुभयो । वडा सभापति प्रेम सिंजापतिको सभापतित्वमा भएको कार्यक्रममा माओवादी छाडेका चक्र दर्लामीलगायतले कांग्रेस प्रवेश गरेको बताइएको छ ।

     

  • २९ कार्तिक २०७४, बुधबार १३:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित