मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उखुको जुस पिउँदै हुनुहुन्छ भने ख्याल गर्नु होस है
  • मार्गरेखा संवाददाता

  • उखुको जुस पिउँदै हुनुहुन्छ भने ख्याल गर्नु होस है

     

     


    गर्मीमा हामीले अत्यधिक सेवन गर्ने भनेकै जुस हो । बजारमा धेरै प्रकारका जुस पाइन्छ । त्यसमध्ये धेरैले रुचाउने भनेको उखुको जुस हो । गर्मीका वेला हामी प्रायजसोले उखुको रस मन पराउँछौँ । उखुको जुस पिउँदा यसका कैयौँ फाइदा छन् । जन्डिसका बिरामीलाई पनि यो जुसले केही हदसम्म ठीक गर्ने चिकित्सकहरूले बताउने गरेका छन् । तर, उखुको जुस सेवन गर्नुपूर्व केही कुराको ख्यालचाहिँ गर्नुपर्ने हुन्छ ।

    पसल र मेसिनको सरसफाइ
    तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने फलफूल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुहोस् । हामी धेरैले देखिरहेको कुरा उखुको जुस पेल्ने ठाउँवरिपरि झिँगा भन्किरहेको हुन्छ । त्यस्तो स्थानको जुस सकेसम्म नपिउँदा राम्रो हुन्छ ।
    उखु चिनेर पेल्न भन्नुस्
    हामी उखुको जुस खाने भनेर अर्डर गर्छौं, तर कस्तो खालको उखु हो, कतिसम्म राम्रो छ भन्ने कुराको ख्याल राख्दैनौँ । सम्भव भएसम्म उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानि गर्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ ।
    ताजा जुस सेवन गर्नुस्
    धेरै ठाउँमा तपाईंहरू जानुअघि नै जुस तयार पारिएको हुन सक्छ । तर, यस्तो जुस सकेसम्म नखानु नै राम्रो हुन्छ । उखुको रस ताजा पिउने हो भने मात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको अथवा बाहिर तयारी अवस्थामा राखिएको जुस छ भने यसले हानि गर्छ । बासी जुसमा झिँगा पनि बसेको हुन सक्छ । किरा लागेको हुन सक्छ । र, अरू फोहोर पनि परेको हुन सक्छ ।
     

  • २५ श्रावण २०७४, बुधबार १४:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित