मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबैमा प्रविधिको पहुँच पु¥याउँछु इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । संघीय समाजवादी फोरम नेपाल बाँके, क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले अबको डिजिटल युगसँगै नयाँ पुस्ता पनि प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।
    उनले प्रविधिका कारण विश्व नै एकआपसमा जोडिन थालेको भन्दै सबैको हातहातमा प्रविधिको पहुँच विस्तार गरिने पनि बताए । ‘अबको युग डिजिटल युग हो, अबको पुस्ता पनि प्रविधिमैत्री हुनुपर्छ’ राईले भने ‘हरेक वर्ग र समुदायलाई प्रविधिको पहुँचमा पु¥याउनु मेरो प्राथमिक एजेन्डा पनि हो ।’
    आगामी मंसीर २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि बाँकेमा उम्मेदवारहरुले प्रचार प्रसारका लागि प्रविधिलाई पनि जोड दिइरहेका छन् । फोरमका उम्मेदवार राईले पनि सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । उनका कैयौ फेसबुक पेजहरु अहिले पनि सक्रिय छन्
    बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले प्रचार शैली भने अन्य उम्मेदवारहरुको भन्दा फरक तरिकाले अगाडि बढेको छ । एक महिना अगाडिदेखि नै उम्मेदर राईले सामाजिक सञ्जालदेखि गाउँसम्म उपस्थिती देखाइसकेका छन् । अहिले सामाजिक सञ्जालदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार गर्न उम्मेवार राईको टिम आक्रमक रुपमा लागेको छ । सामाजिक सञ्जालमा समेत अन्य उम्मेदवारहरु भन्दा राईको उपस्थित आक्रमक देखिने गरेको छ । विभिन्न फेसबुक एकाण्उट, पेजबाट मतदातालाई भोट मागिरहनुभएको छ । आफ्ना चुनावी एजेण्डाबारे बुझाउदै उम्मेदवार राईले मतदातासँग भेटघाट गर्ने कार्यलाई समेत तीव्रता दिइरहेको उनका सहयोगी समसुलहक राईले जानकारी दिए ।

     

  • ३० कार्तिक २०७४, बिहीबार १०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित