मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अहिलेसम्म अरु पार्टीलाई जिताएर पठायौं हाम्रो समस्या सम्वोधन भएन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कार्तिक ३० । बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली वत्तीको माग गरेका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा आज पुगेको उम्मेदवार तथा नेताहरुसँग स्थानीयले बर्सोदेखि आफुहरु धुलाम्मे र हिलाम्मे सडकमा हिड्नु परेको भन्दै सडक कालोपत्रको माग गरेका हुन् ।

    ‘अहिलेसम्म अरु पार्टीलाई जिताएर पठायौं हाम्रो समस्या सम्वोधन भएन अगुवा महिला खीमा थापाले भनिन्–‘यो समस्या सम्वोधनका लागि काँग्रेसले पहल गर्नु पर्यो, तपाईहरुलाई यसपाली समर्थन हुने छ ।’

    त्यसक्रममा काँग्रेस क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मी नारायण शाहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी बनाए अव मुलुकमा सम्बृद्धि र विकासले गति लिने बताए ।

    २०७० सालको संबिधानसभा चुनावमा काँग्रेसको एउटै अर्जुनदृष्टि संबिधान जारी गर्नुमात्रै भएकाले अवको अर्जुनदृष्टि विकास र सम्बृद्धि हुने शाहले प्रष्टाए । ३ नम्वर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मीले आफु केन्द्रमा पुगेर बाँकेको विकास गर्न चाहेको वताए ।

    च्यामा, गणापुर, उढरापुर र मनकामनामा कार्यकर्ता भेला र घरदैलो कार्यक्रमलाई सम्वोधन गरेका कुर्मीले त्यसका लागि आफुलाई मात्र विजयी नगराई प्रदेशतर्फका लक्ष्मीनारायण शाह र चन्तराम थारुलाई पनि विजयी गराउन आव्हान गरे ।

    ‘मैले केन्द्रमा पहल गर्छु शाह र थारुलाई सिकाउंदै उनले भने–‘प्रदेशमा उहाँहरुले पहल गर्नुहुन्छ त्यसले स्थानीय विकासले छिटो गति लिन्छ ।’

    प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेस जस्को सुकै मूल्य चुकाउन तयार रहेको भन्दै उनले यो चुनाव प्रजातन्त्र जोगाउने र प्रजातन्त्र ध्वस्त पार्नेबीचको लडाइ भएकाले काँग्रेसको पक्षम मतदान गर्न आव्हान गरे ।

  • ३० कार्तिक २०७४, बिहीबार १७:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित