घोराही,/ नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई संबृद्धीको मार्गमा लग्न सक्ने बताउनुभएको छ । एक बर्ष नटिक्ने सरकार कै विकास निर्माणको काम अलपत्र पर्ने गरेको भन्दै उहाँले बहुमतको स्थिर सरकार अहिलेको आबस्यकता बनेको बताउनुभयो ।
संयुक्त बाम गठबन्धनले आज ढिकपुरको एकलघरुवामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने भन्दै मतदाताहरुलाई बाम गठबन्धनका उम्मेदवारको बिजय शुनिश्चित गराउन आग्रह गर्नुभयो ।
व्यक्ति र पार्टीको जितहार भन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको भन्दै उपाध्यक्ष ज्ञवालीले जनताहरुलाई बिचार गरेर मात्रै भोटको शुनिश्चित गर्न सुझाब दिनुभयो । संघ र प्रदेशसभाको निर्बाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडि भएको समेत स्पष्ट पार्नुभयो ।
संयुक्त बाम गठबन्धनको बिजयी शुनिश्चित भएको दावी गर्दै नेता ज्ञवालीले कांग्रेसको धरातल कम्पन देखिएको टिप्पणि गर्नुभयो । बाम गठबन्धनलाई अधिनायकबादको आरोप लगाउने कांग्रेसले अरुलाई गालि गरेर आफु राम्रो बन्ने सोच हटाउन सुझाब दिनुभयो ।