मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला बिकाश समिती बाँकेमा एमाले शुन्य
  • मार्गरेखा संवाददाता

  • जिल्ला बिकाश समिती बाँकेमा एमाले शुन्य

    जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा संघीय समाजबादी फोरम नेपालका अजय श्रीवास्तव उपप्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्र चौधरी विजयी भएका छन् ।
    जिल्ला समन्वय समिती नेपाली काँग्रेस ३ सदस्य,नेकपा माओबादी (केन्द्र) का १ जना संघीय समाजबादी फोरम नेपालका २ राष्ट्रिय प्रजातन्त्र पार्टी १ जना सदस्य बिजय भएकाको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
    कुल १६ सदस्यीय जिल्ला सभा सदस्य मध्ये चौधरीले ९ मत र उनका निकत्तम प्रतिद्वन्द्वी एमालेका अतिउल्ला खाँले ७ मत प्राप्त गरेको पौडेलले बताए । प्रमुखमा संघीय समाजबादी फोरमका अजय श्रीवास्तव यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
    जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा र संघीय समाजबादी फोरम वीच तालमेल भएको थियो । उक्त तालमेल अनुसार सदस्यमा नेपाली काँग्रेसका विमला सिंह थारु, गुट्टु थारु, जुल्फीकार अलि मनिहार, नेकपा माओवादी केन्द्रका जानुका जोशी, फोरम नेपालका निलमसिंह ठकुरानी, नफिस जाउ र राप्रपाका चेत वहादुर घर्तिमगर विजयी भएका छन् । विजयी सदस्यले पनि समान ९–९ मत प्राप्त गरे । भने, एमालेका उम्मेदवारले पनि समान ७–७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
    जिल्ला सभामा एमालेका ७, नेपाली काँग्रेसका ६, फोरम नेपालका २ र राप्रपाका १ जना सदस्य छन् ।

  • २५ श्रावण २०७४, बुधबार १४:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित