मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आसन्न निर्वाचन ३६ सालको जनमत संग्रह जस्तै होः ने.का बाँके पुर्व सभापति युवराज शर्मा
  • मार्गरेखा संवाददाता

  •  

     

    कमला हमाल
    नेपालगन्ज

    नेपाली काँग्रेसका पूर्व पार्टी सभापति युवराज शर्माले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०३६ सालको जनमत संग्रह जस्तै भएको वताउनुभएको छ । ‘२०३६ सालमा नेपालमा बहुदल वा पञ्चायती व्यवस्था मान्ने कि नमान्ने भन्ने बिषयमा जनमत संग्रह भएको थियो, काँग्रेस क्षेत्र नम्वर ३ को निर्वाचन परिचालन समितिले आज खजुरा गाउँपालिका स्थित बागेश्वरीमा गरेको अन्तरक्रियालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो–‘ त्यसैले यो चुनाव प्रजातन्त्र र लोकतन्त्र जोगाउने कि अधिनायकवाद स्विकार गर्ने भन्नेबीचको लडाइ हो ।’ प्रजातन्त्र र लोकतन्त्रका लागि काँग्रेसले कसैसँग सम्झौता नगर्ने भन्दै काँग्रेस नेता शर्माले राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थालाई विफल गरे जस्तै सबै नेपालीले एमाले माओवादी केन्द्रको बामगठबन्धनको अधिनायकवाद विफल पार्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको अधिनायकवादले मुलुकलाई झन भड्खालोमा हाल्ने भन्दै सजक रहन उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार वादशाह कुर्मीले हरेक कालखण्डमा मुलुक संकटमा पर्दा काँग्रेसले नै पार लगाएको भन्दै मुलुकलाई अव विकास र सम्बृद्धि चाहिएको वताउनुभयो । ‘२०७० सालको संबिधानसभाको निर्वाचनमा हामीले मत माग्दा संबिधान जारी गर्छौं भनेर माग्यौं, उहाँले भन्नुभयो–‘संबिधान जारी गर्यौं अव विकास र सम्बृद्धिका लागि काँग्रेसलाई जिताउनुहोस्’ । क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले काँग्रेसको अवको ध्यान स्थानीय विकास निर्माणमा केन्द्रीत हुने वताउनुभयो । ‘तपाईको टोलमा आउँदा सधै यातायात, विद्युत, खानोपानी, शिक्षा, स्वास्थ्यकै समस्या सुन्नु पर्ने उहाँले प्रश्न गर्दै भन्नुभयो–‘विश्वास दिलाउन चाहान्छु मलाई विजयी बनाएर प्रदेशसभामा पठाउनुहोस्, यो समस्या दोहोरिएर तपाईहरुले गर्नुपर्ने छैन् ।’ उक्त कार्यक्रमलाई समानुपातिक उम्मेदवार आशा विक, काँग्रेस बाँकेका सचिव कपिल शर्मा, नेपाली काँग्रेस राधापुरका बुथ सभापति लक्ष्मीनारायण लम्शाल, सीतापुरका बुथ सभापति गिरीराज अधिकारी, प्रदेशसभा ३ क का निर्वाचन प्रसार समितिका संयोजक प्रकाश शाह, ख का निर्वाचन प्रसार समितिका संयोजक रमेश सिजालीलगायतले बोल्नुभएको थियो । प्रतिनिधिसभाका उम्मेदवार कुर्मी, प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु र ३ ख का उम्मेदवार शाहले आज पनि कार्यकर्ता भेटघाट, चुनावीसभालाई जारी राख्नु भयो । पार्टीका पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ समेतको सहभागितामा खजुरागाउँपालिका–४ डि गाउँमा घरदैलो अभियानसँगै कार्यकर्ता भेटघाट गरिएको छ ।

    एमाले–माओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश

    उढरापुरमा एमाले–माओवादी केन्द्रका संयौ कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले–माओवादी केन्द्र बामगठबन्धनले मुलुकलाई झन दुर्घटनातर्फ फसाउन खोजेको भन्दै लोकतान्त्रिक शक्तिलाई बलियो बनाएर प्रजातन्त्र र लोकतन्त्र जोगाउन उनीहरु काँग्रेसमा आएका वताए । उनीहरुलाई प्रतिनिधि सभाका उम्मेदवार बादशाह कुर्मी, समानुपातिक उम्मेदवार आशा विक, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठलगायतका नेताहरुले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

     

     

  • २ मंसिर २०७४, शनिबार १०:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित