मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा बाम गठबन्धनमा पहिरो, १ सय ५० बढी कांग्रेसमा प्रवेश
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, मंसिर २ ।
    बाँकेको खजुरामा अन्य दलका १ सय ५० बढी नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यहाँ आयोजित सभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलमा आबद्ध उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिष्टहरुको नीति, विचार, सिद्धान्त र कार्यशैली मन नपरेर आफू कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ख का उम्मेदवार लक्ष्मीनारायण शाहले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
    लोकतान्त्रिक गठबन्धनले शनिबारै ३ नम्बर क्षेत्रको इन्द्रपुर र सोनपुरमा पनि स्थानीयको बाक्लो उपस्थितिमा कोणसभा र घरदैलो गरेको छ । इन्द्रपुरमा आयोजित कोणसभामा प्रतिनिधि सभाका उम्मेदवार कुर्मी, प्रदेश सभाका उम्मेदवार शाहले विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न आग्रह गरे । बाटोघाटो, पुलपुलेसा, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै कांग्रेसले जिते मात्र यो सबै सम्भब हुने बताए ।
    सोनपुरमा आयोजित सभामा कुर्मी र प्रदेश सभा क का उम्मेदवार चन्तुराम थारुले गाउँठाउँको विकास र रोजगारीका लागि रुखमा मतदान गर्न आग्रह गरे । त्यस क्रममा स्थानीयले विकास गर्ने पार्टी कांग्रेस नै भएकाले आफूहरुले रुखमा नै मतदान गर्ने बताएका थिए ।
    यता क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा शनिबार पनि लोकतान्त्रिक गठबन्धनले आक्रामक शैलीमा प्रचारप्रसारलाई निरन्तरता दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को कोरियनपुर, वनकट्टी र वेतहनीमा सभा गरिएका छन् । ठूलो संख्यामा उपस्थित स्थानीय माझ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभाका उम्मेदवारहरु सुरेन्द्र हमाल र निरन्जनसिंह सिंजापतिले नेपालगञ्ज र आसपासको क्षेत्रको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे । कम्युनिष्टहरु विकास विरोधी भएकाले उनीहरुले जिते विकास अबरुद्ध हुने भन्दै लोकतान्त्रिक गठबन्धका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । विकास रोज्ने कि विनाश रोज्ने अब निर्णय तपाईंहरुको हातमा रहेको भन्दै उनीहरुले स्थानीयलाई विवेक प्रयोग गर्न आग्रह गरे । घरदैलो र कोणसभामा राप्रपाका महामन्त्री एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला लगायतका नेता कार्यकर्ता सहभागी थिए ।

     

     

  • २ मंसिर २०७४, शनिबार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित