मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उत्तर कोरिया द्धारा अमेरिकी सैन्य अखडामा निशाना बनाउने योजनामा
  • मार्गरेखा संवाददाता

  • उत्तर कोरिया द्धारा अमेरिकी सैन्य अखडामा निशाना बनाउने योजनामा

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाका तर्फबाट पनि हमलाका लागि योजना बनिरहेको तथ्य विभिन्न संचारमाध्यमले प्रकाशमा ल्याएका छन् ।
    यसअघि उत्तर कोरियाले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धको हिसाब चुक्ता गर्नुपर्ने चेतावनी दिएको थियो ।
    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनए’का अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले लामो समयदेखि स्थगित योजनालाई सुरु गर्न आदेश दिएको कोरियाली पिपुल्स आर्मीका प्रवक्ताले जनाएका छन् ।
    अमेरिकाको गुआम सैन्य अखडा उत्तर कोरियाबाट करिब दुई हजार एक सय २८ माइलको दुरीमा छ । सो बेस क्याम्पसमा अमेरिकाको बायु सेना र नौसेनाका हजारौं अमेरिकी सैनिक हतियारसहित तैनाथ छन् । ९एजेन्सी०

     

     

     

  • २५ श्रावण २०७४, बुधबार १५:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित