मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कला क्षेत्रमा इतिहांस रच्“दै १० वर्षिया प्राप्ती
  • मार्गरेखा संवाददाता

  • शनिवार कोहलपुरमा एक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भयो । जसको आयोजना साना उमेरका वालिका ले गरे आयोजना मात्र होइन सहभागी र प्रतियोगिताको निर्णायक भूमिकामा पनि बालिका नै देखिए ।
    ३० जना प्रतियोगीहरु विद्यालयस्तरमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थी थिए त्यो पनि छात्राहरु । उनीहरुले नृत्य प्रतियोगितामा अब्बल रुपमा एक अर्काका प्रतिस्पर्धीको रुपमा खडा भए । कोहलपुर निवासी १० वर्षिया बालिका प्राप्ती सुवेदीले प्रतियोगिताको अवधारणा ल्याइन् प्रतियोगिताको संयोजन आफै गरिन् र निर्णायक भूमिकामा पनि आफै देखिइन् । सुन्दा अचम्म लाग्न सक्छ तर वास्तविकतामा भने एउटी ५ कक्षामा अध्ययनरत वालिकाले कसरी यो अवधारणा ल्याएर आप्mनै उमेर समूहका वालिकाको फकर क्षमता प्रष्फुटन गर्ने आँट गरिन् । गोरखा युनाइटेड विद्यालयमा कक्षा ५ मा अध्ययनरत सुवेदी आफैमा डान्स नेपाल डान्स नामक टेलिभिजन रिआलिटी सो की फस्र्ट रनरअप हुन् । “यही कारणले गर्दा पनि छोरीले कला क्षेत्रमा अकल्पनीय काम गर्ने आँta गरेकी हुनसक्छे”–प्राप्तीकी आमा संगीता सुवदेी भन्छिन् । “हुन त म पनि नृत्य कलामा विशेष लगाव राख्ने व्यक्ति हुँ तर पनि छोरीको असाधारण क्षमताले हाम्रो परिवार नै अचम्मित भएको छ ।” आमा संगिताले भनिन् । आमा संगिताका अनुसार शनिवार छोरी प्राप्तीले “रेजर ट्यालेन्ट हन्ट” को आयोजना गरेर आफै आर्थिक व्यवस्थापन गरेको अबर आज (शनिवार) मात्र हामीले थाह पाउँदा शुरुमा त हामीले विश्वास नै गर्न सकेनौ तर कार्यक्रममा दर्शकको रुपमा उपस्थित भइरहँदा गर्वको अनुभूती भयो । प्राीतीले आयेजना गरेको प्रतियोगितामा सहभागीबहरुबाट २ सय र दर्शकहरुबाट प्रति व्यक्ति ५० रुपैयाँका दरले टिकटको व्यवस्था गरेर इतिहास रच्“ने प्रयास गरेको दर्शकका रुपमा सहभागीहरुले प्रतिक्रिया दिएका
    छन् । प्रतियोगितामा डान्स रहेपनि प्रतियोगी वालिकाहरुले कार्यक्रममा “क्याट वाक” गरेर उपस्थित सबैलाई अचम्मित पोर्न प्रयास समेत गरे ।
    नृत्य प्रतियोगितामा सहभागि मध्ये दिपज्योती विद्याश्रम कोहलपुर कक्षा २ मा अध्ययनरत छात्रा निन्जा थापा मगर प्रथम, दिव्य विद्या सदन कोहलपुर कक्षा २ मै अध्ययनरत छात्रा आरुषी मगर द्वितिय, गोरखा युनाइटेड विद्यालय युकेजीमा अध्ययनरत छात्रा अनु सिएन तृतिय र गोरखा विद्यालयमै कक्षा ४ मा अध्ययनरत छात्रा लुना साउद सान्त्वना हुन सफल भए । प्रतियोगितामा बिजेता सबैलाई पुरस्कार समेत प्रदान गरिन् प्राप्तीले ।
    हरेक व्यक्तिमा फरक क्षमता हुन्छ, समयमा नै त्यसको पहिचान हुन आवश्यक रहेकाले यस्तो प्रतियोगिता आयोजना गरेको प्राप्ती बताउँछिन् । उनी भन्छिन्–“घर, विद्यालय र समाजबाट वालिबालिको फरक क्षमताको मूल्यांकन हुन सकेको खण्डमा भोली राष्ट्रले क्षमता र प्रतिभा खोज्न सहस्या हुनेछैन ।” हुने विरुवाको चिल्लो पात भनेझै १० वर्षिया प्राप्तीको कला क्षेत्रप्रतिको लगाव र सृजनशीलतालाई हौसला बढाउनुपर्नेमा अब सुवेदी परिवार नै जुट्ने उनकी आमा संगिता बताउँछिन् ।

  • ३ मंसिर २०७४, आईतवार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित