मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नापतौलका समाग्रीहरुको चेकजाच गरि प्रमाणित गर्ने कोहलपुर उद्योग बाणिज्य संघको पहिलो बैठक निर्णय
  • मार्गरेखा संवाददाता

  • नापतौलका समाग्रीहरुको चेकजाच गरि प्रमाणित गर्ने कोहलपुर उद्योग बाणिज्य संघको पहिलो बैठक निर्णय

     

    कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघका नवनिर्बाचत कार्य समितीको पहिलो बैठकले कोहलपुर उद्योग बाणिज्य संघको कार्य क्षेत्र भित्ररहेर व्यापार व्यवसाय संचालन गरिरहेका नापतौलका समाग्रीहरुको चेकजाच गरि प्रमाणित नापतौल कार्यालय र कोहलपुर उद्योग बाणिज्य संघले गर्ने बुधबार बस्योको बैठकले निणर्य गरेको छ ।
    पहिलो बैठकले कोहलपुर नगर भित्र जथाभाबि आउतजावत गरिरहेका पशु चौपाय,जथाभाबी राखिएका होडिङ्क र्बोडका कारण शहरको सुन्दरलाई प्रभाव पारेको हुनाले सुन्दर शहरका रुपमा बिकाश गर्नेका लागी होडिङ्क र्बोडका पशु चौपायको व्यवस्थापन गर्नेका लागी पहिलो बैठकबाटै निर्णय गरिएको कुरा कोहलपुर उद्योग बाणिज्य संघ महासचिव तेज प्रसाद अधिकारी बताए ।
    कोहलपुर क्षेत्रभित्र फुटपात अतिक्रम गरि व्यवसाय संचालन गरिरहेको व्यवसाय बिच र समब्धीत निकाय संग समन्वय गरि उचित स्थानमा व्यवस्था गर्ने ,कोहलपुर क्षेत्रलाई समयमै पहिचान गराउनका लागी र व्यापार व्यवसायको प्रबृर्दन गर्नेका लागी आगामी माघ २६ गते देखि फागुन ८ गते सम्म कोहलपुर पर्यटन औद्योगिक व्यापार महोत्वस मेला संचालन गर्ने निर्णय गरिएको कुरा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारी बताए ।
    निकट भबिष्यमा कोहलपुर उद्याृेग बाणिज्य संघका सदस्यहरुको क्षमताबृद्धि गर्नेका लागी लेखा व्यवस्थापनको तालिम संचालन गरिने निर्णय भएको बताउदै महासचिव अधिकारीले कोहलपुर उद्योग बाणिज्य संघको बहुउद्ेश्य भवन अगामी असोज मसान्त भित्र भवनको शिल्यान्स गरिने निर्णय भएको बताए ।

  • २५ श्रावण २०७४, बुधबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित