मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जको व्यस्त सडकमा गुडी रहेको बजाजको पल्सर बाइक मोटरसाईकलमा एक्कासी आगो
  • मार्गरेखा संवाददाता

  • ५ मंसिर, नेपालगन्ज : नेपालगन्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडिको सुर्खेतरोडमा चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगो लागेको छ ।
    भे ५ प ९५०३ नं. को पल्सर मोटरसाईकलमा एक्कासी आगलागी भएको थियो । मोटरसाईकल गतिमा नभएको कारण मोटरसाईकल चालक भने जोगिएका छन् ।
    चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगलागी भएपछि व्यस्त सडकमा आवागमनमा रहेका मानिसहरुको भिड लागेको थियो । नजिकैको राष्ट्रिय बाणिज्य बैंकमा राखिएको फायर डिस्टिङ्गुसरको मद्दले आगो नियन्त्रणमा लिएको थियो ।
    सो घटनामा मानविय क्षति नभएपनि मोटरसाईकल भने जलेर पूर्ण नष्ट भएको छ । गुडिरहेको अवस्थामा मोटरसाईकलमा ईलेक्ट्रिक सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ ।

  • ५ मंसिर २०७४, मंगलवार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित