मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नम्बर ३ मा टोल कमिटी गठनमा बाम गठबन्धन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर ५ । बाम गठबन्धन बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत मंगलबार टोल कमिटी गठन गरिएको छ । बाम गठबन्धनका नेता डम्बर विकका अनुसार टोल भेला मार्फत चारपसार गर्नका लागि टोल कमिटी गठन भईरहेको छ । टोल कमिटी गठनपछि पर्चा पम्पलेटिङको कार्य हुने छ । प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेश १ का उम्मेदवार आईपी खरेल र प्रदेश २ का उम्मेदवार बाबुराम गौतम मंगलबार पनि निर्वाचन प्रचार अभियानमा सक्रिय भएको निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीले जानकारी दिए । सचिव खत्रीका अनुसार क्षेत्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकले अन्य प्रचारका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । यसअघि क्षेत्र नम्बर ३ मा सोमबार पहिलो चरणका अगुवा कार्यकर्ता भेला सम्पन्न भईसकेको छ । क्षेत्र नम्बर ३ मा प्रतिवद्धतापत्रसहित बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचन प्रचार अभियानमा रहेका छन ।

     

  • ५ मंसिर २०७४, मंगलवार १६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित