बर्दिया,५मंसिर । सिचाइमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस बर्दियाका सभापति एवम प्रतिनिधि सभा १का सदस्य उम्मेदवार सञ्जयकुमार गौतमले वामदेव भुतले एमाले र माओवादीमा संभावना बोेकेका धेरै नेता तथा कार्यकर्ता साथीहरुको अवसर र पहिचान खाएको भन्दै वामदेवको दासता र जंजीर तोडदै नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।
बढैयाताल गाउपालिकाको सोरहवामा आयोजित कोणसभामा सिचाईमन्त्री गौतमले बोल्दै कहिले प्युठान कहिले बर्दियाबाट चुनाव लडने , बर्दियाको विकासमा चासो नदिने र आफनो मात्र स्वार्थ हेर्ने वामदेवलाई एमाले र माओवादीका कार्यकर्ताहरुले बर्दियाबाट भगाउनु पर्ने बताए। यो भुतले कंग्रेसलाई भन्दा बढि एमाले माओवादीलाई खाईरहेको छ । अहिले भुत भगाउने उपयुक्त बेला छ , भुत भगाउन नेपाली कांग्रेसका पक्षमा मतदान गर्नुस ः कंग्रेस सिचाईमन्त्री गौतमले भने ।
२०६२ ÷६३मा राजा ज्ञानेन्द्रको तानाशाही बिरुद्ध बर्दियाली नेता,जनता र पार्टीहरु एकजुट भई आन्दोलनलाई सफल बनाउन आफुले कुशल नेतृत्व बहन गरेको स्मरण गर्दे नेता गौतमले मंसीर २१को निर्वाचन जिताउन सहयोग गर्ने एमाले र माओवादीका कार्यकर्तालाई नै कंग्रेसका कार्यकर्ता झै उचित संरक्षण र सम्मान दिने प्रष्टाए।
बर्दिया निर्वाचन क्षेत्र न १मा ३पटक चुनाव जितेका वामदेव उपप्रधान मन्त्री , मन्त्री बनेपनि बर्दियाको विकासमा केही नगरेको स्पष्ट पार्दे कंग्रेस नेता गौतमले आफुले ५बर्षमा बर्दियालाई समृद्ध जिल्ला बनाउने,युवाहरुलाई रोजगारी हुने उधोगधन्दा तथा व्यापारको विकास गराउने र कृषि तथा पर्यटनमा क्रान्ति ल्याउने ल्याई बर्दियाली नेता तथा जनता सबैलाई सम्मानित र गौरवान्वित तुल्याउने बताए । उनदे बढैयाताल,कृष्णसार,बर्दिया राष्टिय निकुञ्जमा पर्यटक भित्रयाउन सरकारी स्तरबाट विशेष नीति तथा कार्यक्रम बनाई लागु गर्ने बताए।
वामदेवको दासताको जंजीरबाट मुक्त भई नेपाली कांग्रेसका उम्मेदवारहरु पक्षमा मतदान गरे म एमाले ,माओवादी कांग्रेस कसैले पनि निराश पार्दिन , म तपाईहरुलाई परिवर्तन र विकास दिई यंहा अनैकौ सभावना दिन्छु ः कंग्रेस नेता गौतमको भनाई छ ।
लोकतन्त्र ल्याउन धेरै जिन्दाबाद मुर्दावाद गरेका युवाहरुलाई बेरोजगारी समस्याबाट मुक्तगरि स्वदेशमै रोजगारीका अवसर बढाउन छिमेकी जिल्ला धनगढी र नेपालगंजमा रहेका जस्ता औधोगिक कलकारखाना बर्दियाको कालिका र गुलरियामा स्थापना गराउने उनको प्रतिबद्धता छ । वामदेवले २४बर्षमा गर्न नसकेको विकास आफुले ४बर्षमा गरेर देखाएको प्रष्ट पार्दे सिचाईमन्त्री गौतमले ज्ञान नदीमा एक बर्षभित्र पुल निर्माण शुरु गर्ने बताए ।