मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका मुक्त कमैयाले यसपाली कंग्रेसलाई भोट दिने
  • मार्गरेखा संवाददाता

  • बर्दिया, । मुक्त कमैया समाज बर्दियाका अध्यक्ष दुखराम थारुले नेपाली कांग्रेसको नेतृत्वमा बनेको बर्तमान सरकारले संविधान निर्माण तथा मुक्त कमैया,भुमिहीन र सुकुम्वासीको वास्तविक पुर्नस्थापना एंव समस्या समाधानमा धेरै काम गरेकोले मंसिर २१को निर्वाचनमा बर्दियाका सबै कमैया र भुमिहीनहरुले पनि यसपाली नेपाली कांग्रेसका उम्मेदवारहरुलाई भोट दिई बिजयी गराउने बताएका छन् ।
    मुक्त कमैयाहरुको बसोबास रहेका मुख्य बस्तीहरु टेसनपुर,शक्तिनगर र जुक्तिनगरमा आयोजित चुनावी कार्यकमलाई सम्बोधन गर्दे मुक्त कमैया समाजका अध्यक्ष थारुले विगतमा दुई पटक चुनाव जितेर मुक्त कमैयाको लागि धेरै काम गर्छु भनेर झुठो आश्वासन देखाई मुक्त कमैयाहरुका लागि केही नगर्ने एमाले माओवादीबाट वामगठबन्धनका उम्मेदवार बनेकाहरुलाई यसपाली जनताले चुनावमा मत नदिएर हराई दिने प्रष्ट पारे ।
    मंसिर २१गते नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर कंग्रेसका उम्मेदवारहरुलाई जिताई बर्दियाका सुकम्वासी र कमैयाहरुलाई धेरै आश्वान दिएर तीन पटक चुनाव जितेर पनि कमैयाको लागि केही नगर्ने एमाले नेता वामदेव गौतमलाई चुनाव हराएर बहिष्कार गर्नुपर्ने बताउदै मुक्त कमैया समाजका जिल्ला अध्यक्ष थारुले भने ःसुकम्वासी ,मुक्तकमैया र भुमिहीनको वास्तविक समस्या समाधान गर्ने पार्टी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सबैलाई यसपाली मुक्त कमैयाहरुले चुनाव जिताएर देखाउने बताए ।

    बाटो, शिक्षा स्वास्थ्य ,रोजगारी ,खानेपानी सबै कुरामा नेपाली कांग्रेसले बांके,दाङ्ग र कैलालीमा सुधार गरेको स्मरण गर्दे मुक्त कमैया समाजका अध्यक्ष थारुले बर्दियामा मुक्त कमैया लगायत बिबिध समस्यै समस्या देखेर बर्दिया छाडेर प्युठान गएर फेरि बर्दियामा थुक चाटन आएकालाई जनताले चुनाव हराउने स्पष्ट पारे ।
    सिचाईमन्त्री एंव नेपाली कांग्रेसका सभापति एंव बर्दिया २ का निवर्तमान सांसद सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले कमैयाको वास्तविक मुक्ति,शिक्षा,रोजगार,स्वास्थ्य, सिचाई र बाटोघाटो पुलपुलेसा निर्माणमा धेरै काम गरेको धारणा राख्दै मुक्त कमैया समाजका अध्यक्ष थारुले जुक्तीनगर,शतिmनगर लगायत सबै बस्तीका कमैयाहरुका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारले मुक्त कमैयालाई काठ बापत १लाखका दरले रकम बितरण गर्न १अर्ब ४०करोड रकम बिनीयोजित गराएकोमा धन्यवाद समेत दिए।

     

  • ६ मंसिर २०७४, बुधबार ०५:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित