मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समृद्धिका लागि बर्दियाली जनताको मत कांग्रेसमा— नेपाली काँग्रेसका नेता सोदे बिष्ट
  • मार्गरेखा संवाददाता

  • बर्दिया,मंसीर,७ । नेपाली कांग्रेसका महासमिति सदस्य एंव बर्दिया १ को १ का प्रदेश सभा उम्मेदवार सोदे बिष्टले विकास र समृद्धिका लागि बर्दियाली जनताले मंसीर २१को निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मत दिने बताएका छन्।
    बाँसगढी नगरपालिकाको लक्ष्मणा,भरनैया,बेलौरी ,भैसासुर र ककौरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश सभा उम्मेदवार बिष्टले विगतमा वामदेवको पक्षमा मतदान गरेका मतदाताहरुले पनि विकास,समृद्धि र मौलिक अधिकारको रक्षाको लागि यस पटक आफु लगायत सम्पुर्ण नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।
    यसपाली नेपाली कांग्रेसको पक्षमा ब्यापक जन लहर बढेकोले आफुहरुमा उत्साह र जांगर थपिएको बताउदै महासमिति सदस्य बिष्टले आफुले चुनाव जितेमा जनताको मौलिक हक अधिकार र पहिचानलाई सम्बोधन गरि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई तथा समग्र बर्दियाली जनतालाई गौरवान्वित बनाउने प्रतिबद्धता जनाउदै नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा चुनावी प्रचार अभियानाई गाउगाउ र घरदैलोमा सशक्त रुपमा पुरयाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे।
    नेपाली कांग्रेस दलित ,मुक्तकमैया जनजाति , हिमाल ,पहाड,तराई,मधेश सबैको पार्टी भएको बताउदै कंग्रेस नेता बिष्टले नेपाली जनताले चाहेको शासन र पद्धति स्थापित गरि बर्दियामा परिवर्तन,विकास ,समृद्धि , युवा रोजगारी एंव उधोगधन्दा कलकारखाना र कृषिको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
    बर्दियाको प्रजातान्त्रिक आन्दोलन,विकास परिवर्तन सबैमा आफुले महत्पुर्ण भुमिका खेलेको प्रष्ट पार्दे नेता बिष्टले अधिकार सम्पन्न आयोग बनाएर मुक्त कमैया र भुमिहीनको समस्या स्थायीरुपले समाधान गर्ने पनि बताए ।

     

  • ७ मंसिर २०७४, बिहीबार ०७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित