मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

माेबाइलमा ब्याट्रीको चार्ज टिकाउन यसो गर्नुहोस्
  • मार्गरेखा संवाददाता

  •    मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला । विभिन्न कामले बाहिर हिँडिरहनु पर्ने र चाहिएको समयमा मोबाइल चार्ज गर्न नपाउँदा ब्याट्री चाँडै सकिने हुन्छ । यस्तो अवस्थामा हामीले चलाएका मोबाइलमा केही ध्यान दिने हो भने लामो समयसम्म ब्याट्री टिकाउन सकिन्छ ।
    तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने माबाइलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।

    • मोबाइलमा ब्राइटनेस अर्थात उज्यालोपन कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।
    • तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइलको धेरै ब्याट्री खान्छ । सकेसम्म कालो वालपेपर राखे राम्रो, किनकी यसले मोबाइलको कम पिक्सेल प्रयोग गर्ने भएकोले ब्याट्री पनि धेरै खर्च हुँदैन ।
    • भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । तर, भाइब्रेसन हटाउँदा तपाइले बोकिरहेको मोबाइलमा फोन आएको थाहा नहुने सम्भावना भने रहन्छ ।
    • मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने ।
    • मोबाइलमा गीत सुन्दा वा फिल्म हेर्दा हेडसेट अर्थात एयरफोनको प्रयोग गर्ने । यसले गर्दा तपाइको मोबाइल स्पीकरमा भर पर्दैन र ब्याट्री जोगिन्छ ।
    • फेसबुकको नोटिफिकेशन तथा अरु नोटिफिकेशन बन्द गर्दा पनि केही मात्रामा ब्याट्री बचत हुन्छ । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ ।
    • काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने । नेटवर्क कमजोर भएको ठाउँबाट पूरा नेटवर्क भएको ठांउमा जाने वा कमजोर नेटवर्क भएको ठाउँमा मोबाइललाइ अफ गर्ने किनभने मोबाइलले नेटवोर्क खोज्नकै लागि पनि धेरैनै ब्याट्री खर्च हुने गर्छ ।
    • फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ ।
  • २३ श्रावण २०७४, सोमबार २३:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित