मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लोकतान्त्रिक गठबन्धन बाकेका उम्मेदवार आजाद र हमालसँग बेलासपुरबासीको अपेक्षा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर ७
    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका स्थानीय बासिन्दाले सडक र ढल समस्याप्रति गम्भिर भईदिन आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा–२ बाँकेका राप्रपाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालसँग बेलासपुरबासीले बिहीबार यस्तो समस्या सुनाएका हुन् । ‘बेलासपुरको प्रमुख समस्या भनेका ढल र सडक समस्या हुन्, तपाईहरुले हामीले जिताएर पठाएपछि यि समस्या समाधानप्रति गम्भिर हुनुहोला,’ स्थानीय बासिन्दाले भने ।
    चुनावमा धेरै थरीका उम्मेदवार आएर उधारो आश्वासन दिने गरेको बताउँदै बेलासपुरका स्थानीयले लोकतान्त्रिक गठबन्धनप्रति आफुहरुको विश्वास कायमै रहेको स्पष्ट पारेका थिए । स्थानीय तहको चुनावमा पनि नेपाली काँग्रेस र राप्रपालाई भोट दिएको बताउँदै उनीहरुले यसपटक पनि आफुहरु साथमै रहेको भन्दै ढुक्क हुन आग्रह गरेका थिए । ‘तपाईहरु योग्य हुनुहुन्छ, अरु उम्मेदवार जस्तो ‘छक्कापञ्जा’ गर्ने खालका तपाईहरु हुनुहुन्न,’ बेलासपुरका अर्का स्थानीयले भने ‘पहिला तपाईहरु जितेर आउनुस्, त्यसपछि मात्र अरु अपेक्षा गरौंला ।’
    सो क्रममा प्रतिनिधी सभाका उम्मेदवार आजादले नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचन जस्तै यसपटक पनि राप्रपा र नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गरेका थिए । बर्षायामको समयमा बेलासपुर क्षेत्रमा हुने डुबान र सडक तथा नालाको समस्या समाधानका लागी नेपालगन्ज उपमहानगरपालिकाले पहल गरिसकेको बताए ।
    उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर बेलासपुरको समस्याप्रति चिन्तित रहेको कुरा सुनाएका थिए । ‘नगरपालिकामा जसरी तपाईहरुले राप्रपा र काँग्रेसलाई जिताउनु भयो, त्यसरी नै यसपटक हामीलाई जिताउनुस,’ आजादले भने ‘यो क्षेत्रको विकासका लागी स्थानीय सरकार, प्रदेश र प्रतिनिधी सभा सदस्यको समन्वयले नै हुने हो ।’ यसका लागी लोकतान्त्रिक गठबन्धनलाई भोट हालेर जिताउन आग्रह गरे ।
    प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार हमालले बेलासपुर आफ्नो माउली ठाउँ भएको बताउँदै यहाँका प्रत्येक व्यक्तिसँग आफ्ना सम्बन्ध गाँसिएको औल्याए । ‘आज तपाईहरुकै भान्जा, छोरा चुनावमा उठेका छौं, अहिले हामीलाई जिताउनु भयो, भने भोलीका दिनमा हामीहरु तपाईहरुदेखी टाढा रहन सक्दैनौं ।’
    लोकतान्त्रिक गठबन्धनको उम्मेदवारप्रति बेलासपुर लगायत सिंगो बाँके २ नम्बर क्षेत्रका बासिन्दा सकारात्मक रहेको प्रदेस सभाका उम्मेदवार हमालको भनाई छ । सो क्रममा बेलासपुरमा बसोबास गर्ने कुचबधिया समुदायले आफुहरुलाई थुप्रै पार्टीका उम्मेदवार आएर झुट्टो आश्वासन दिने गरेको खुलासा गर्दै आफुहरुले चुनाव चिन्ह ‘गाई’ र ‘रुख’ लाई मात्र चिनेको बताएका थिए । कुचबधिया समुदायका एक अगुवाले भने, ‘हामीले एक भोट गाई ( आजाद) लाई, एक भोट दाई(रुख)लाई दिने योजना बनाइसकेका छौं, अरु पार्टीलाई हामी चिन्दैनौं ।’

    फोटो क्याप्सन ः
    नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा उम्मेदवार सुरेन्द्र हमाल सहित घरदैलो गर्दै लोकतान्त्रिक गठबन्धन ।

  • ७ मंसिर २०७४, बिहीबार १७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित