मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा जिँउदो माछा संकलन तथा बिक्रिकेन्द्र संचालनमा
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, मंसिर,८,। बर्दियामा जिँउदो माछा संकलन तथा बिक्रिकेन्द्र संचालनमा आएको छ । यस संकलन केन्द्रबाट उपोभोक्ताले ज्युदो,ताजा माछा किनेर लैजान पाउने भएकाछन्। माछाको लागि राम्रो मानिएको भएता पनि बर्दियाम खुल्ला सिमानाका कारण उपोभोक्ताले भारतीय अस्वस्थ माछा खानुपर्नै वाध्यता रहेको थियो । यस बिक्रि केन्द्रको स्थापना संगै खुल्ला रुपामा सडक छेउछाँउमा अव्यस्थित रुपमा माछा मासु बिक्रिगर्नै पसलहरु विस्थापित भई बर्दिया वासीले स्वच्छ माछा खानपाउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संकलन केन्द्रको उद्घाटन कार्यक्रममा वताए । स्थानीय व्यवसायी कृष्ण चौधरीले जिल्ला कृषि बिकाश कार्यालयको सुझावमा ज्युदो माछा संकलन तथा बिक्रि केन्द्र खोलेको वताएका छन् । आफ्नो कुल १७ लाख र जिल्ला कृषि बिकाश कार्यालयको २ लाख ५० हजार अनुदानमा संकलन केन्द्रको खोलेको चौधरीले वताए । बर्दियाका उपोभोक्तालाई ताजा र स्वच्छ माछा खुवाउने सोचका साथ बर्दियामा पहिलो पटक यस्तो संकलन तथा बिक्रिकेन्द्रको स्थापना गरिएको व्यापारी चौधरीले उद्घाटन कार्यक्रममा वताए । संकलन केन्द्र बाट उपोभोक्ताले रहु,नैनी,भाकुर,सिल्भर कार्प,ग्रास कार्प,कमन कार्प लगायतका आफुलाई मनपर्नै ज्युदो माछा किनेर किनेर लैजान पाउने व्यापारी चौधरीले वताए । यस संकलन केन्द्रको स्थापनाले बर्दिया वासीलाई ताजा, स्वच्छ, सफाका साथै नेपाली बिषाक्त रहित माछा किनेर खानपाउने अवसर मिलेको स्थानीय बिष्णु प्रसाद अधिकारीले वताए । संकलन केन्द्रका कारण जिल्लाका माछा व्यवसायी किसानलाई समेत फाईदा पुग्ने अधिकारीको दावी छ ।

     

  • ८ मंसिर २०७४, शुक्रबार १४:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित