मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिपशनको सेवा कोहलपुरमा सुचारु
  • मार्गरेखा संवाददाता

  • यस क्षेत्रको पर्यटन प्रवद्र्वनलाई प्रश्रय दिने उद्देश्यले कोहलपुरमा ठुलो लगानीमा एक टुर्स एण्ड ट्राभल्सले आफ्नो सेवा सुचारु गरेको छ ।
    कोहलपुर न्यूरोड चोकमा कार्यालय स्थापना गरेर दिपशन टुर्स एण्ड ट्राभल्सले विधिवत रुपमा आप्mनो सेवा प्रारम्भ गरेको हो । कोहलपुर नगरपालिका कार्यालय र बासगढी नगरपालिकाका प्रमुखद्वय लुट बहादुर रावत र शालिकराम अधिकारीले संयुक्त रुपमा रिवन काटेर टुर्स एण्ड ट्राभल्सको समुद्घाटन गरेका छन् ।
    कार्यालय उद्घाटन पछि खुशी व्यक्त गर्दै कोहलपुर तथा वासगढी नगरपालिका प्रमुखहरुले वर्तमान आवश्यकतालाई महशुस गरेर पर्यटन प्रवद्र्वनमा युवा सहभागिता बढदै गएको बताए । युवाहरुले नै चाहेमा मुलुकलाई आर्थिक सम्बृद्वितर्फ डोराउन सक्ने भएकाले यस्ता युवा उद्यमीहरुलाई

    हरेक क्षेत्रले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
    २५ लाख बढि लगानीमा सञ्चालन गरिएको टुर्स एण्ड ट्राभल्सले विहिवारबाटै राष्ट्रिय, अन्र्तराष्ट्रिय हवाई टिकट, गाडी रिजर्भ सेवा, एयर कार्गो एण्ड कुरियर्स, होटल बुकिंग तथा जंगल सफारी, ¥याफ्टिंग लगाएतका सेवाहरु सुचारु गरिएको सञ्चालक भागिराम वलीले बताए ।

  • ८ मंसिर २०७४, शुक्रबार १७:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित