मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाको प्रथम नगर सभा आर्थिक बर्ष २०७४/२०७५ को लागी २ अर्व ७७ करोड ९ करोड १ हजार रुपैया अनुमानित बजेट प्रस्तुत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर ८ । नेपालगञ्ज नेपालको पर्यटकिय द्धारा,शिक्षा,कृषि,उद्योग र व्यापार बिकाश मुल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको प्रथम नगर सभा शुक्रबार देखि नेपालगन्जमा सुरु भएको छ ।
    नगर सभाको उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल सम्मेर राणाले आर्थिक बर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रममा प्रस्तुत गदै नेपालगञ्ज उपनगरपालिकालाई स्मार्ट सिटी, व्यवस्थीत फोहरमैला,नगर यातायत गुरुयोजनाबाट पुर्वाधार,नगरलाई डुवानमुक्त शहर,नेपालगञ्ज चक्रपथ निमार्ण व्यवस्थित शहरीकरण,सपिङ्क महल निमार्ण नेपालगन्जमा प्रदेश न ५ को राजधानी बनाउने पहल,धार्मिक सहिष्णुता शहर रुपमा बिकाश गरिने,इको टुरिजम पार्क निमार्ण,प्लाष्टिक मुक्त,हरित शहरको रुपमा बिकाश गर्ने, एक बिद्यालय एकबालद्यान निमार्ण गरिने लगायत निति तथा कार्यक्रममा उल्लेख गरिएका छन ।

    नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले चालु बर्षको आन्तरिक श्रोतको आय १३ करोड ५१ लाख ७५ हजार चालु आर्थिक बर्षमा बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु २ अर्व ५७ करोड ५८ लाख ५६ हजार गरि आर्थिक बर्ष २०७४÷२०७५ को लागी २ अर्व ७७ करोड ९ करोड १ हजार रुपैया अनुमानित बजेट प्रस्तुत गर्नु भयो । अनुमानित प्रस्तुत गरिएको बजेटमा कुल बजेटको ६० प्रतिशत बजेट बातावरण थता बिपद व्यवस्थापनमा रहेको छ । यसैगरि पुर्वाधार बिकाशमा २० प्रतिशत,समजिक बिकाशमा १० प्रतिशत,कार्यालय संचालनमा ५ प्रतिशत आर्थिक बिकाशमा २ प्रतिशत, सस्थागत बिकाश तथा सेवा प्रवाहमा जिरो दशमल ९५ प्रतिशत र सबैभन्दा कम बित्तिय व्यवस्थापन र सुशासन क्षेत्रमा जिरो दशमल जिरो ४ प्रतिशतमा छुट्टयाएको छ ।

  • ८ मंसिर २०७४, शुक्रबार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित