मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एनसेलमा अब ४० रुपैयाँ सापटी लिन मिल्ने
  • मार्गरेखा संवाददाता

  • एनसेलले सापटी सेवा सुरु गरेको पाँच वर्षपछि ‘डबल सापटी’ अफर ल्याएको छ जसमा ग्राहकले उही सेवा शुल्कमा अब ४० रुपैयाँ सापटी लिन पाउनेछन् ।

    मोबाइलमा मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएको बेला सापटी लिन सकिनेछ । यसका लागि सेवा शुल्क करबाहेक दुई रुपैयाँ लाग्ने एनसेलले जनाएको छ ।

    दुई महिना वा सो भन्दा बढी समयदेखि एनसेल प्रिपेड सिमप्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्ने एनसेलले जनाएको छ । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् ।

    प्रिपेड सेवाकाग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्ने एनसेलले जनाएको छ । सापटी स्वरुप लिइएको ४० रुपैयाँ र सेवा शुल्क बापतको करबाहेकको दुई रुपैयाँ पछि रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घट्नेछ । यदि रिचार्ज गरिएको रकम ४० रुपैयाँभन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ । डबल सापटी योजना ९० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

  • १८ श्रावण २०७४, बुधबार ११:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित