मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जका अनलाईनकर्मीहरु संगठित,
  • मार्गरेखा संवाददाता


  • ९ मंसिर, नेपालगन्ज / नेपालगन्जका अनलाईन सञ्चार माध्यामलाई व्यवस्थित र डिजिटल सञ्चारको महत्वबारेमा सञ्चार उपभोक्तालाई जानकारी गराउने उद्देश्यले नेपलागन्जका अनलाइनकर्मीहरु संगठित भएका छन् । शनिबार नेपालगन्जमा भएको भेलाबाट रुद्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय अनलाईन जर्नालिस्ट एसोसियसन नेपालगन्ज ९ओजान० गठन गरिएको हो ।
    ओजानको सचिवमा काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण ओली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रेम केसी, किरण ढकाल, गोपी बुढा, सुरेन्द्र काफ्ले, गोबिन्द शर्मा र अर्जुन ओली चयन भएका छन् । टीएस ठकुरी र प्रभात देवकोटालाई सल्लाहकार चयन गरिएको ओजानका अध्यक्ष सुवेदीले जानकारी दिए ।
    डिजिटल युगमा फस्टाउँदै गएको अनलाईन पत्रकारितालाई व्यवस्थित र विश्वसनिय बनाउँदै अनलाईनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ओजान गठन गरिएको बताउदै अध्यक्ष सुवेदीले भने–‘अनलाईन पत्रकारिताको महत्व र प्रभावकारिताबारे पाठक र दर्शक र श्रोतालाई बुझाउँदै यसको विश्वसनीयता बढाउने उद्देश्यले पनि संगठित हुनुपरेको होभेलामा सहभागि अनलाईन पत्रकारहरुले यहाँबाट संचालित न्यूज पोर्टलहरुको विश्वसनीयता थप बढाउन चाल्नुपर्ने कदमबारे सुझाएका थिए । त्यस्तै अनलाईन पत्रकारहरुलाई नयाँ–नयाँ प्रबिधिसँग साक्षात्कार होस् भन्ने उद्देश्यले समय–समयमा क्षमता अभिबृद्धि तालिम गर्ने निर्णय पनि भेलाले गरेको छ । आगामी पुस महिनामा अनलाईन पत्रकारीताबारे सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया गर्ने निर्णय भेलाले गरेको अध्यक्ष सुवेदीले बताए ।
    यहाँबाट संचालन भईरहेका अनलाईनहरुलाई मर्यादित बनाउँदै आचारसंहिताभित्र रहेर काम गर्ने वातावरण बनाउन पनि ओजानले सक्रियता जनाउने भएको छ । ओजानमा आबद्ध अनलाईनहरुलाई व्यवस्थित र विश्वसनीय बनाउन जुनसुकै न्यूज पोर्टलले भुलबस वा नियतबस गल्ती गरेमा आन्तरिक कारबाही गर्नेसम्मको अधिकार समितिलाई दिईएको छ ।

  • ९ मंसिर २०७४, शनिबार १५:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित