नेपालगञ्ज मंसिर ९ । लोकतन्त्र संवाद अभियानले नेपालगञ्जमा शनिबार लोकतान्त्रिक अभ्यास अनुभव र आगामी चुनौति बिषयक बिचार गोष्ठीको आयोजना गरेको छ ।
नेपालगञ्जका कानुन व्यवसाय,प्राध्यपक,पत्रकार,नागरिक समाजका अगुवाहरुको सहभागिहरुले बर्तमान अवस्थामा लोकतन्त्रको गलत परिभाषा भईरहेकोमा चिन्ता व्यक्त गदै नेपालमा बर्तमान अवस्थामा लोकतन्त्र संकटमा रहेको हुनाले लोकतन्त्रको रक्षाका लागी प्रबृद्ध नागरिकहरु सचेत भई संरक्षण गर्न तर्फ एकजुट हुनुपर्ने,नेपाल र नेपालीका लागी लोकतन्त्रलाई बलियो बनाउनुपर्ने सहभागीहरुले आ आफ्ना धारणमा व्यक्त गरेका थिए ।
यसरी धारण व्यक्त गर्नेमा लोकतन्त्र संवाद अभियानका संचार सल्लाहकार एवम पत्रकार जिवननाथ भण्डारी,पुर्वसासद मोहम्मोदी सिद्धिकी,नेपालगञ्ज नगरपालिका पुर्वमेयर बिजय कुमार गुप्ता, राजनैतिक बिषलेश्यक जनार्दन आचार्य,कानुन व्यवसायक प्रलाद कार्की,लोक बहादुर शाह,मानवअधिकार कर्मी प्रकाश उपाध्याय,पत्रकार निरज गौतम लगायत रहेका थिए ।
कार्यक्रम लोकतन्त्र संवाद अभियान नेपालगञ्जका संयोजक गोपीनाथ बर्नवाल को सभापतित्वमा भएको थियो ।