मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसको एजेण्डा रुचाउँदै बाँकेका एमालेका दुई सय कार्यकर्ता काँग्रेसमा प्रवेश
  • मार्गरेखा संवाददाता

  • मंसिर–१० नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक गठबन्धनले बाँकेमा चुनावी अभियानलाई थप आक्रमक बनाउँदै लगेको छ । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बाँके क्षेत्र नम्वर ३ मा चुनावी घरदैलोदेखि चुनावी कोणसभालाई आक्रामक बनाएको छ ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारु र ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले ३ नम्वर क्षेत्र लोकतान्त्रिक गठबन्धनमय बन्दै गएको वताउनुभयो ।

    संबिधान काँग्रेस नेतृत्वमै जारी भएको राम्रोसँग थाहा पाएका मतदाताहरुले विकास र सम्बृद्धि पनि काँग्रेस नेतृत्वमा मात्रै सम्भव भएकोले काँग्रेसलाई नै जिताउने नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँले वताउनुभयो ।

    आज खजुरागाउँपालिका–३ ईगाउँमा आयोजित घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले विकास र सम्बृद्धिको आवश्यकता रहेको बताए । घरदैलो अभियानका घरमा अधिकांश मतदाताहरुको माग सडक, पुलपुलेसा, कल्बर्ड, खानेपानी र सिंचाइँ सुविधा उपलब्ध गराउनु पर्छ भन्ने नै माग रहेको पाइएको छ, प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले भन्नुभयो–‘यसले काँग्रेसले भन्दै आएको सम्बृद्धि र विकासकै आवश्यकतालाई पुष्ट्याई गर्छ ।’

    उहाँले काँग्रेसप्रतीको जनलहर देखेर एमाले माओवादी गठबन्धन आत्तिएको बताउनुभयो । खजुराको ई गाउँमा घरदैलोसँगै कोणसभालगायतका कार्यक्रममा ठूलोमात्रामा लोकतन्त्र र प्रजातन्त्रपक्षधर लगायतको सहभागीता थियो । यो चुनाव प्रजातन्त्र र लोकतन्त्र जोगाउने र मास्नेबीचको लडाइ भएकाले विवेकपूर्ण तरिकाबाट मतदान गर्न प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले सबैलाई आव्हान गर्नुभएको छ ।

    तानाशाह र अधिनायकवाद विरुद्ध लोकतान्त्रिक गठबन्धनमा मोर्चाबद्ध हुने क्रम समेत बढ्दै गएको छ । ३ नम्वर क्षेत्रमा केहीदिन देखि लगाताररुपमा काँग्रेस प्रवेश गर्नेहरुको सङ्ख्या बढ्दै गएको क्षेत्रीय सभापति खाँले वताउनुभयो । आजमात्रै इगाउँमा करिव २ सय कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

     

     

  • ११ मंसिर २०७४, सोमबार ०६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित