मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबैलाई सुखी र सम्पन्न बनाउने कांग्रेसको लक्ष्य : नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्का
  • मार्गरेखा संवाददाता

  • सुर्खेत, ११ मंसिर ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र  नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली कांग्रेस सबै जनतालाई सुखी र सम्पन्न बनाउनका लागि कार्यरत रहेकोले आगामी निर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नुभएको छ । आइतबार सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नं १ र २ कोमाझ केन्द्र कालपानीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले जनतालाई सुखी र सम्पन्न बनाउन आफू नेपाली कांग्रेसको निष्ठाको राजनीतिमा सक्रिय रहेको बताउनुभयो ।

    नेपाली काँगे्रस केन्द्रीय सदस्य खड्काले  दोस्रो संविधानसभा मार्फत नेपाली काँगेसले जनतालाई संविधान दिइसकेको र अब त्यहि संविधानमा टेकेर लोकतन्त्रको संस्थागत विकास गर्दै जनतालाई गास,बास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको ग्यारेण्टी  गर्न देशमा काँगे्रसको सरकार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

    यो क्षेत्रमा भईरहेका  भौतिक, आर्थिक, शैक्षिक तथा सामाजिक विकासलाई निरन्तरता दिन पनि  नेपाली काँगे्रसलाई जिताउनु पर्ने उहाँले बताउनुभयो ।

    विकासको पूर्वाधार सडक नै भएकोले सडक सञ्जालको विकास गर्न प्रत्येक गाउँबाट सहायक मार्ग निर्माण गरि मूख्य सडकमा जोडेर यातायातको सुविधायुक्त क्षेत्र बनाउने योजना आफूले बनाएकोे  उहाँले सुनाउनुभयो ।

    त्यसै गरि कालपानीमा भएको कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नं १ (ख)का प्रदेससभा उमेदवार झकबहादुर डाङ्गीले लोकतन्त्रमा सबैको उन्नति र प्रगति हुने भएकाले लोकतन्त्रको पहरेदार नेपाली काँगे्रसलाई जिताउन जनतासमक्ष अनुरोध गर्नुभएको थियो ।

     

  • ११ मंसिर २०७४, सोमबार ११:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित