मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जन्मदिनमा जेष्ठ नागरिकहरुलाई व्लाङकेट सहयोग
  • मार्गरेखा संवाददाता

  • घोराही, मंसिर । अमेरिका निवासी मधुकर रजौरे र रुवी रजौरेले आफनी छोरी मलिषा रजौरेको जन्मदिनका अवसरमा जेष्ठ नागरिकहरुलाई व्लाङकेट सहयोग गर्नुभएको छ ।
    दाङ तुलसीपुर उपमहानगरपालिका हलवार जीतपुर घर भै हाल अमेरिकाको मिसिगनमा बसोवास गर्दै आउनुभएका रजौरे परिवारले आफनी छोरी मलिषाको पाँचौ जन्मदिनका अवसरमा घोराही उपमहानगरपालिका–१६ तेरौटे स्थीत रहेको जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धआश्रममा बसोवास गर्ने वृद्धवृद्धाहरुलाई २० थान व्लाङकेट सहयोग गर्नुभएको हो । उक्त व्लाङकेट मलिषाका फुपुहरु रिता खनाल र गमला धितालले वृद्धवृद्धाहरुलाई प्रदान गर्नुभएको थियो ।
    जेष्ठ नागरिक सरोकार केन्द्र सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समितिका बरिष्ठ उपाध्यक्ष माधव लोहनी,सल्लाहकार भोलानाथ योगी,कोषाध्यक्ष भिमलाल श्रेष्ठ,सदस्य रूपा वली, भवानीराज भण्डारीलगायतको बोल्नुभएको थियो । जेष्ठ नागरिक सरोकार केन्द्र सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीले वृद्धवद्धाहरुलाई व्लाङकेट सहयोग रजौरे परिवारलाई धन्यावाद दिदै मानवीय सेवाको कार्यमा सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको थियो ।

  • ११ मंसिर २०७४, सोमबार १२:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित