सुर्खेत,११ मंसिर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले लोकतन्त्रको संस्थागत विकास गर्दै जनतालाई गास, बास, कपास, स्वास्थ, शिक्षा र रोजगारीको ग्यारेण्टी गर्न देशमा काँगे्सको सरकार अपरिहार्य रहेको सोमबार छिन्चु र रामघाटमा आयोजना गरिएको छुट्टा छुट्टै चुनावि सभालाई सम्बोधन गदै बताए । खडकाले आफु जन निर्वाचित भएदेखि नै जनताको आर्थिक सम्मृद्धिका लागि समर्पित रहेको उल्लेख गर्दै जनतालाई सुखी र समुन्नत बनाउन निष्ठाको राजनीतिमा सक्रिय रहेको बताए । केन्दिरुय सदस्य खडकाले दोस्रो संविधानसभा मार्फत नेपाली काँग्रेसले जनतालाई संविधान दिइसकेको र अब त्यहि संविधानमा टेकेरे देश निमार्णमा अघि बढने बताउदै गाउँमा आबश्यक साना तिना आयोजना देखी ठुला स्तरका विकास निमार्णका कामलाई तिब्रता दिदै जनताको समृद्धिका लागी पनि काग्रेसलाई जिताउन अपील गर्नु भयो ।