बर्दिया, मंसिर,११। बमगठबन्धनको बिजय पश्चात नेपाली जनताहरुमा रोजगारीको सृजना हुने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी.शर्मा ओलीले वताएका छन् ।बर्दियाको सदरमुकाम गुलरियामा बामगठवन्धनको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष आलीले गठवन्धनको बिजय भई सरकार वनेमा कुनै पनि युवालाई बिदेश जानु नपर्नै वतावरणको सृजना गरी नेपालमा बिशेष औधोगिक क्षेत्रको स्थापना समेत गरिने आश्वासन दिएका छन्। उनले बर्दियाको बिकाशका लागि कर्णाली नदी र बबई नदीको व्यवस्थापनको साथै सीमा सुरक्षा, आरक्ष क्षेत्रको पनि व्यवस्थापन गरी जिल्लाका सडक,लगायत सम्पूर्ण भौतीक पूर्वाधारको उचित व्यवस्थापन गर्नै वताए । हाल बर्दियामा मुक्तकमैया,सुकुम्वासी लगायतमा समस्या रहेको वताउदै अव गरिव सुकुम्वासीको दिन आउने व्यवस्थाको शुरुवात समेत गरिने वताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको दुवै चरणको निर्वाचनबाट एमालेको वहुमत आउने भएकाले अब एमालेको सरकार बन्ने एमाले अध्यक्ष केपीशर्मा वलीले ठोकुवा गरेका छन् । सम्वोधनकै क्रममा अध्यक्ष वलीले पहिलो चरणमै एमालेको पक्षमा धेरैमत खसेको दावी गर्दै वलीले कम्युनिष्टको वहुमतीय सरकार वन्ने दावी गरे ।
चुनावी सभालाई सम्वोधन गर्दै जिल्लाका सवै गठवन्धनका उम्मेदवारलका लागि मत मागेका छन् । चुनावी शभालाई सम्वोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल आउने भनिएको भएता पनि माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा बादल आएका थिए । बाम गठवन्धनको चुनावी शभालाई सम्वोधन गर्नै क्रममा गठवन्धनको बिजय पछि नेपालमा राजनिती स्थिायीत्व आउने माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वताए ।