मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विवेशील साझा’ प्रति युवा र शिक्षित वर्गको भरोसा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर ११
    बाँकेमा विवेकशिल साझा पार्टीका उम्मेदवारले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ को वाटरपार्क क्षेत्र, नेपालगन्जकै वडा नं. २ र खजुरा गाउँपालिका ४ मा घरदैलो गरेको छ । हिंजो पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले नेपालगन्जमा सम्बोधन गरेपछि हौसिएका विवेकशीलका उम्मेदवारहरु आज थप हौसलाका साथ घरदैलोमा गएको पार्टीका बाँके संयोजक चिरन्जिवी शर्माले जानकारी दिनुभयो । आज पुगेको स्थानका मतदाताहरुले स्वतः स्फुर्त रुपमा घरदैलोमा सहभागिता जनाएको शर्माले जानकारी दिनुभएको छ । विशेषगरि युवा पुस्ता र पढेलेखेका वर्गको पार्टिप्रति आकर्षण बढ्दै गएको पाएको उहाँले बताउनुभएको छ । ‘कतिपय मतदाताहरुले सरकारमा गएपछि सके सफाई गर्ने नसके फोहोर नगर्ने पार्टिको सिद्धान्तले आफुहरुलाई खुसि महसुस गराएको बताए’ उहाँले भन्नुभयो । उम्मेदवारहरुसँग जिज्ञासा राख्ने क्रममा मतदाताहरुले विकास र समृद्धिका लागि कटिबद्धतामा बढि चासो दिएका थिए । कतिपय मतदाताहरुले अहिलेसम्म मत हालेर पठाएका पार्टिका नेताहरुले आफुहरुको मतको अवमुल्यन गरेको भन्दै निराशा पनि पोखेका थिए । आएका गुनासा र असन्तुष्टिहरुलाई उम्मेदवारहरुले चिर्ने प्रयास गरेको शर्माले बताउनुभएको छ । नेपालगन्जको घरदैलोका क्रममा बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोली सँगै थियो । अधिकांश ठूला दलहरुले निर्वाचनलाई भड्किलो र आचारसंहितालाई उल्लघन गरेको भएपनि विवेकशील साझा पार्टीले भने त्यसो नगरेको भन्दै परिवर्तन यहीबाट सुरु गरिएको उम्मेदवार डाक्टर कर्णले वताउनुभयो । पुराना पार्टीहरुले अधिकारको लडाइ लडे पनि मुलुकको सम्बृद्धि र विकासमा कुनै पनि भूमिका निभाउन नसकेको भन्दै बैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टी स्थापना भएको प्रतिनिधिसभाका उम्मेदवार कुवँरले बताउनुभयो ।

  • ११ मंसिर २०७४, सोमबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित