मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेत जिल्लको समग्र विकासका लागी नेपाली काग्रेसलाई जिताउनु पर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य हिदयराम थानी
  • मार्गरेखा संवाददाता

  • सुर्खेत मंसिर ११ ।नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं। २ को चुनावी कार्यक्रमअन्तर्गत सोमवार वीरेन्द्रनगर नगरपालिकाको १२ नेवारे र चनौटेमा घर दैलो कार्यक्रम गरिएको छ ।
    घरदैलो कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र नं। २ का उम्मेदवार हृदयराम थानीले सुर्खेत जिल्लको समग्र विकासका लागी नेपाली काग्रेसलाई जिताउनु पर्ने बताए ।
    यस अघिका निर्वाचनमा आफूले जनतामाझ गरेका बाचा पूरा गर्दै आएको भन्दै यो निर्वाचनमा पनि आफुलाई मत दिन जनतालाई आग्रह गरे । वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने दृढता व्यक्त गर्दै उनले यातायातका लागि चक्रपथ निर्माणमा जोड् दिने प्रतिबद्धता जनाए । हाल उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिचाइँ सुविधा उपलब्ध गराउन भेरीबाट लिफ्ट गरेर पानी ल्याउने योजना आफूले बनाएको पूर्व मन्त्री थानीले दावि गरे ।
    घरदैलो अभियानकै क्रममा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं। २ ९क० का उम्मेदवार कमलराज रेग्मीले नगरको विकासका लागी आफुलाई मत दिन मतदाता संग आग्रह गरे । उनले उपत्यकालाई शैक्षिक थलोका रुपमा विकास गर्ने योजना आफ्नो रहेको भन्दै नेपाली काँग्रेसलाई जिताउन जनतामा माझ अपील गरे ।
    सोमवार सम्पन्न वडा नं १२ को घरदैलो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, जिल्ला समन्वय समितिका उपसंयोजक देवि भट्टराई, क्षेत्रीय सभापति नारायण कोइराला,उपसभापति गणेस पन्त समानुपातिक उम्मेदवार पार्वति गिरि, पार्वति सार्कि, एवं पार्टिका जिल्ला सचिव भुपेन्द्र खत्री लगायत नगरस्तरीय पार्टि कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

  • १२ मंसिर २०७४, मंगलवार ०६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित