कोहलपुर १४ मा रहेको मधेशि दलित बस्तिमा स्थानीयवासीहरुको जिवन शैलीमा कुनै सुधार आउन सकिरहेको छैन । हवलदारपुदेखि करिव डेढ किलो मिटरको दुरीमा रहेको मधेशि दलित बस्तिका स्थानीयवासीहरुको जीवन शैली पिडादायी रहेको उनिहरुको गुनासो रहेको छ ।
परम्परागत रुपमा सुगुंरको पुर्खेली पेशा छोडेका मधेशि दलित बस्तिका केहि युवाहरु अहिले ज्याला मजदुरी गरिरहेका छन । गाँउका प्राय युवाहरु जाड र रक्सि सँगै जुँवातासको लतमा फसेको स्थानिय पुस्पा खटिकको भनाई छ । गाँउमा धेरै गैर सरकारी संघ संस्थाहरु भित्रिए तर स्थानियको जीवन शैलीमा कुनै फरक आएन, चेतनाको अभावमा संघ संस्थाले निर्माण गरेका सौचालयमा भान्छा र सुंगुरको खोर बनाएका छन खटिकले भनिन् ।
गाँउका बाटो तथा घर छेउका खालि ठाँउहरुमा खुला रुपमा दिसा पिसाव गर्दा गाउनै दुर्गन्धित बनेको छ । यसबाट स्वास्थ्यमा ठूलो असर पर्ने देखिन्छ, तर यसको कुनै प्रवाहनै गर्दैन्न स्थानिय । गाँउका प्राय सबै बालवालिका विद्यालय जानबाट बञ्चित देखिन्छन तर अभिभावक पनि यस कुरामा सकारात्मक नहुने गरेको कोहलपुर १४ का वडा अध्यक्षको भनाई छ ।
कोहलपुर नगरपालिका का उप मेयर सञ्जु कुमारी थारुको नेतृत्वमा कोहलपुरका पत्रकारहरु सो बस्तिमा अवलोकनमा जाँदा यि समस्याहरु देखिएका हुन । नयाँ मान्छे देखेमा सहयोगको माग राख्न सिपालु स्थानियहरुको जीवन शैलि परिवर्तन गराउनसँगै गाँउको विकास आवश्यक रहेको उप मेयर चौधरीको भनाई छ ।
माटो र फुसको एउटै कोठा भएको घरमा भान्छा,सुत्ने ठाँउ र घर पालुवा गाई गोरु,बाख्रा र सुंगुरको खोर एकै ठाँउमा छ उनिहरुको दैनिकि यसरीनै चल्छ । चेतना परिर्वतन सँगै उनिहरुलाई शिप मुलक तालिम र स्वरोजगार बनाउने तर्फ का कार्यक्रमहरुको खाँचो देखिएको नेपाल पत्रकार माहासंघका पूर्व अध्यक्ष धरर्मेन्द्र झाको बुझाई छ ।
(युगयान दैनिकबाट)