मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शासन गर्न नभएर विकास गर्नका लागि चुनावी मैदानमा होम्मिएको लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र न. ३ का उमेदार जनताका दैलोमा आग्रह गदै
  • मार्गरेखा संवाददाता

  • मंसिर–१२ नेपालगन्ज/ बाँकेको निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज पनि चुनावी अभियानलाई निरन्तरता दिनुभएको छ ।

    आज बाँकेको खजुरा गाउँपालिकाका राधापुरमा घरदैलो तथा सीतापुरको एलगाउँमा चुनावी कोणसभा गरिएको छ भने बैजनाथ गाउँपालिकाको पेडारीमा चुनावीसभा गरिएको छ ।

    चुनावीसभालाई सम्वोधन गर्ने वक्ताहरुले प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेका थिए । मुलुकलाई कम्युनिष्ट अधिनायकवादबाट जोगाउन लोकतान्त्रिक शक्तिले जित्नै पर्छ प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले भन्नुभयो–‘नत्र मुलुक थप संकटमा फस्छ ।’

    त्यसैगरी प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले काँग्रेसको अवको एजेण्डा सम्बृद्धि र विकास भएकाले लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गर्नुभयो । उहाँले काँग्रेस नेतृत्वमा मात्र सम्बृद्धि र विकास सम्भव भएकाले यो चुनावमा त्यसैअनुसार मतदान गर्न आव्हान गर्नुभयो ।

    प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मी नारायण शाहले आफु शासन गर्न नभएर विकास गर्नका लागि चुनावी मैदानमा होम्मिएको वताउनुभयो । एलगाउँको चुनावीसभालाई सम्वोधन गर्दैै शाहले भन्नुभयो–‘ म शासक गर्न सक्तामा जान लागेको होइन् यहाँको विकास गर्नका लागि जाने हो, म तपाईसँगै रहेर काम गर्न चाहान्छु ।’

    घरदैलोका क्रममा अधिकांश मतदाताहरुले जितेर गएपछि फर्केर नआउने प्रवृत्ति त्याग्न सुझाव दिएका थिए । सडक, पुलपुलेसा निर्माणदेखि स्थानीय विकासका मुद्दामा प्राथमिकता दिने उम्मेदवारहरुलाई निर्वाचित गराउने भन्दै उनीहरुले यसअघि निर्वाचित भएर गएकाहरुले खासै काम नगरेको गुनासो पनि सुनाएका थिए

  • १२ मंसिर २०७४, मंगलवार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित