मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनतालाई मालिक बनाउने पार्टी कांग्रेसलाई जिताउन प्रधानमन्त्री देउवाको आह्वान
  • मार्गरेखा संवाददाता


  • मंसिर १२ दाङ /नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एक दलीय कम्युनिष्ट शासन लाद्ने पार्टीलाई रोज्ने कि जनतालाई मालिक बनाउने पार्टीलाई रोज्ने भन्ने समय आएको बताउनु भएको छ।
    दाङमा आज भएका तीनवटा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरुको शासन आए जनताले राम्रोसँग आफ्नो अधिकारका लागि बोल्न पनि नपाउने बताउनु भयो।
    ‘कम्युनिष्ट शासन आए अन्याय भयो भन्न र रुन पनि पाइँदैन। त्यसैले काग्रेसलाई जिताउनुस्। त्यसपछिमात्रै जनताको अधिकार सुनिश्चित हुन्छ,’ देउवाले भन्नुभयो।

    मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेसले जितेमात्रै जनताको अधिकार सुनिश्चित हुने उहाँले बताउनु भयो। प्रधानमन्त्री देउवाले कांग्रेसले नजित्दा कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई च्यातेर कम्यु्निष्ट गठबन्धनले एक दलीय राष्ट्रपतीय प्रणाली लागू गर्ने भएकाले कांग्रेसलाई जिताउन आग्रह गर्नु भयो।
    कांग्रेसले जितेमात्रै जनताको हक र अधिकारको सुनिश्चितता हुने भन्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमात्रै जनताले अन्याय हुँदा अन्याय भयो भन्न पाउने बताउनु भयो।
    देउवाले मुलुकलाई सम्पन्न बनाउने पार्टी नै कांग्रेस भएको बताउनु भयो। कांग्रेसलाई अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गरेकाले मुलुकमा विदेशी लगानी भित्र्याएर युवाहरुका लागि रोजगारीको सिर्जना गरिने बताउनुभयो।

    उहाँले कांग्रेसले जिते बेरोजगार युवालाई बेरोजगारी भत्ता दिने र जेष्ठ नागरिकको भत्ता मासिक ४ हजार पु¥याउने घोषणा गर्नु भयो। उहाँले कांग्रेसले जिते दाङमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता पनि जनाउनु भयो।
    चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको सम्वृद्धि र विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नु भएको छ। पौडेलले कम्युनिष्टहरुले समस्या समाधान होइन समस्या उब्जाउनमात्रै जान्ने भएकाले कांग्रेसलाई जिताउनुको अर्को विकल्प नभएको बताउनु भयो।
    पौडेलले कम्युनिष्टहरुले जिते मुलुकको कल्याण नहुने र मुलुक विग्रहमा फस्ने दाबी गरे। उनले एमालेले हिमाल, पहाड र तराईका नाममा जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनु भयो। नेता पौडेलले वाम गठबन्धनलाई निर्वाचनमा पराजित गरेर जनताले यो पटक मुखभरीको जवाफ दिनु पर्ने बताउनु भयो। जनताले कांग्रेसलाई जिताएर उचित जवाफ दिए वाम गठबन्धनको चुरीफुरी समाप्त हुने पनि बताउनु भयो। ्
    सभालाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसप्रति देखिएको जनलहरले कांग्रेसको जित सुनिश्चित भएको बताउनु भयो। उहाँले मंसिर २१ गतेको निर्वाचनमा कांग्रेसलाई मत हाल्नासाथ जनताको भाग्यरेखा कोरिने बताउनुभयो ।

  • १२ मंसिर २०७४, मंगलवार १८:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित