मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जेष्ठ नागरीकको आशिर्वाद लोकतान्त्रिक उमेद्वारलाई
  • मार्गरेखा संवाददाता

  • मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ९ दिन मात्र बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुको बढ्दो घरदैलो र चुनावी सभाले रौनक बढाएको छ । निर्वाचनको मिति संघारमै आउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा तिब्र बन्दै गएको छ ।
    लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेल विकास र सम्बृद्विको एजेण्डा बोकेर लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गर्दै चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । गौडेलले बाँके क्षेत्र नं. १ (ख) को विकास र समृद्धि नै आफ्नो प्रमुख मुद्वा भएकाले विकासप्रेमी जनताले आफुलाई जनताको सेवा गर्ने अवसर दिन अनुरोध गरेका छन् । घरदैलो अभियानका क्रममा स्थानिय जनताहरुले आफ्ना विकासका समस्याहरु गौडेल समक्ष राख्ने गरेका छन् । मतदाताहरुको भरोसा र विश्वास अन्य उमेद्वारहरु भन्दा आपूmलाई बढि भएकाले मतदाताहरुको आकर्षण लोकतान्त्रिक गठबन्धनमा बढि भएको उमेद्वार गौडेलले बताए । हिजो निर्वाचित गराएका पठाएका वामका जन प्रतिनिधीहरुनेताहरु संधै विकासका सपनाहरु मात्र देखाएकाले अब विकास गर्ने नेतालाई भोट दिने स्थानीय मतदाताहरुको भनाई छ । घरदैलो अभियानका क्रममा प्रतिनिधी सभाका उम्मेद्वार माधवराम खबीले यस क्षेत्रको विकासका लागि आफु संधै तयार रहेको र विकासका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताए । कोहलपुर नगरपालिका वडा नम्बर १० एकतानगरमा चुनावी प्रचार प्रसार प्रभावकारी भएको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिएका छन् ।

    घरदैलोको क्रममा लोकतान्त्रिक गठबन्धनका उमेद्वाहरुलाई जेष्ठ नागरिकहरुले बिजयीको अग्रिम शुभकामना सँगै आशिर्वाद दिने गरेका छन् । मंगलबारको प्रचार प्रसार कार्यक्रममा १०० बर्षिया जेष्ठ नागरिकले प्रदेश सभातर्फका उमेद्वार गौडेललाई बिजयीको शुभकामना र आशिर्वाद प्रदान गरेकी छिन् ।

  • १२ मंसिर २०७४, मंगलवार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित